एसियन एथलेटिक्स च्याम्पियनशिप्सः भारतले अन्तिम दिन चार पदकहरू जित्यो, च्याम्पियनशिप्समा भारत चौथो स्थानमा

भारतले हिजो कतरको दोहामा भएको एसियन एथलेटिक्स च्याम्पियनशिप्सको अन्तिम दिन एक स्वर्णसहित चार पदकहरू जितेको छ। पी यू चित्राले महिला १५०० मिटर दौडमा स्वर्ण जितेकी छन्। उनले २०१७-मा पनि यस स्पर्धामा स्वर्ण हात पारेकी थिइन्। पुरुष १५०० मिटरमा अजय कुमार सरोज र महिलाहरूको ४x४०० मिटर रिले टिमले एक-एक रजत जित्यो। दुती चन्दले महिलाहरूको २०० मिटर दौडमा कांस्य पदक जितिन्।

भारत ३ स्वर्ण, ७ रजत र ७ कांस्य गरी कुल १७ पदकहरूका साथ पदक तालिकामा चौथो स्थानमा रह्यो। बहराइन ११ स्वर्ण, ७ रजत र ४ कांस्यसहित पदक तालिकाको शीर्ष स्थानमा छ। चीन १० स्वर्ण, १३ रजत र ७ कांस्यसहित पदक तालिकामा दोस्रो स्थानमा छ भने जापान ५ स्वर्ण, ४ रजत र ९ कांस्य गरी कुल १८ पदकहरूका साथ पदक तालिकामा तेस्रो स्थानमा रह्यो।

भारतले २०१७-मा भुवनेश्वरमा भएको पछिल्लो संस्करणमा १२ स्वर्ण, ५ रजत र १२ कांस्य गरी कुल २९ पदकहरू जितेर पहिलो पटक पदक तालिकाको शीर्ष स्थानमा रहेको थियो।