आईपीएल क्रिकेट २०१९: रोयल च्यालेन्जर्स बेङ्गलोरद्वारा किङ्ग्स XI पञ्जाबमाथि १७ रनको जित दर्ता

इन्डियन प्रीमियम लीग (आईपीएल) क्रिकेट २०१९-अन्तर्गत हिजो राति बेङ्गलुरुमा भएको म्याचमा  दक्षिण अफ्रिकाका खेलाडी एबी डिविलियर्सको शानदान प्रदर्शनको मद्दतमा रोयल च्यालेन्जर्स बेङ्गलोरले किङ्ग्स XI पञ्जाबलाई १७ रनले पराजित गरेको छ। पहिला ब्याटिङ्ग गरेको बेङ्गलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएको थियो। बेङ्गलोरको लागि एबी डिविलियर्सले अविजित रहेर ४४ बलहरूमा सर्वाधिक ८२ रन बनाएका थिए। उनले ३ चौका र ७ छक्का हिर्काएका थिए। एबी डिविलियर्स म्यान अफ द म्याच पनि घोषित भए।

जबाफी ब्याटिङ्ग गरेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८५ रनमा मात्र बनाउन सक्यो। आयोजक बेङ्गलोरका लागि तीव्र गतिका बलर उमेश यादवले सर्वाधिक ३ विकेट लिए।

लगातार सात खेलहरूमा पराजय पश्चात् बेङ्गलोरको यो लगातार तेस्रो जित हो। बेङ्गलोर  आठ टिमहरूको अङ्क तालिकामा सातौँ स्थानमा छ र अहिले पनि प्ले-अफ चरणमा स्थान बनाउने दौडमा छ।

अङ्क तालिकामा साविकको विजेता चेन्नई सुपर किङ्ग्स शीर्ष स्थानमा छ। दिल्ली क्यापिटल्स दोस्रो स्थानमा छ भने मुम्बई इन्डियन्स तेस्रो स्थानमा छ।

आज छैटौँ स्थानमा रहेको कोलकाता नाइट राइडर्स र पुछारमा रहेको राजस्थान रोयल्स बीच मुकाबिला हुनेछ। म्याच कोलकातामा राति ८ बजेदेखि सुरू हुनेछ।