नेपालकी राष्ट्रपति विद्या देवी भण्डारी चीनको 9 दिने राजकीय यात्रामा रवाना

नेपालकी राष्ट्रपति विद्या देवी भण्डारी चीनको 9 दिने राजकीय  यात्रामा रवाना हुनुभएको छ।  यात्राको बेलामा उहाँले बेइजिङ्गमा अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एन्ड रोड फोरमको बैठकमा भाग लिनुहुने छ।

राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति शी जिनपिङ्गसित  शिष्टमण्डल स्तरको द्विपक्षीय वार्ता पनि गर्नुहुने छ जसपछि विविध क्षेत्रमा सम्झौतामाथि हस्ताक्षर हुनेछ।

उहाँले वरिष्ठ चिनियाँ नेताहरूसित भेट गर्नुहुनेछ र नेपाल र चीनका व्यापारिक समुदायसित संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने छ।
आफ्नो बेइजिङ्ग यात्राको क्रमममा राष्ट्रपति विद्या देवी भण्डारीले शाङ्शी प्रान्तको राजधानी सहर शीयानको यात्रापनि गर्नुहुने छ।

स्वदेश फिर्ता हुँदा उहाँ चिनियाँ स्वायत्तशासी क्षेत्र तिब्बतको राजधानी ल्हासाको यात्रामा पनि जानुहुने छ। दुवै स्थानहरूमा उहाँले प्रान्तीय नेताहरूसित भेटघाट गर्नुहुने छ।
राष्ट्रपति भण्डारीका साथ विदेश मन्त्री प्रदीपकुमार ज्ञवाली, प्रान्त नम्बर ३ का मुख्य मन्त्री डोरमणि पौडेल र संसद सदस्यहरूसमेत एउटा उच्च स्तरको शिष्टमण्डल गएको छ।

आगामी महिनाको 2 तारिख उहाँ काठमाडौँ फर्कनुहुने छ। मार्च २०१८-मा श्रीमती भण्डारी दोस्रो कार्यकालका लागि नेपालका राष्ट्रपति पुनर्निर्वाचित हुनुभएपछि उत्तरी छिमेकी मुलुकमा राष्ट्र प्रमुखको रूपमा उहाँको यो पहिलो यात्रा हो।