अमेरिकाले म्यांमारसँग रायटर्सका दुइ पत्रकारहरूलाई रिहा गर्न पुनः अपील गऱ्यो

अमेरिकाले म्यांमारसँग रोहिङ्ग्या संकटका समाचारलाई लिएर गिरफ्तार गरिएका रायटर्सका दुइ पत्रकारहरूलाई रिहा गर्न पुनः अपील गरेको छ। पहिलोपटक गरिएको अपीललाई खारेज गरिएकोमा अमेरिकाले निराशा व्यक्त गरेको छ। अमेरिकी विदेश विभागकी प्रवक्ता मोरगन ओर्टगसले वाशिङ्गटनमा भन्नुभयो, म्यांमारमा पत्रकार, राजनीतिक कार्यकर्ता, नागरिक समाजका सदस्यहरू र  व्यङ्ग्य गर्ने कलाकारहरूलाई हालैमा गरिएका गिरफ्तारहरूका लागि अमेरिकाले गहिरो चिन्ता व्यक्त गरेको छ।

रायटर्सका दुइ पत्रकारहरू वा लोन र सोई वू-लाई गोप्य दस्तावेजहरू राखेको मामिलामा डिसेम्बर २०१७-मा गिरफ्तार गरिएको थियो र सात वर्षको कारावासको सजाय सुनाइएको थियो।