आईएसएसएफ शूटिङ्ग विश्वकपमा भारतले जित्यो दुइ स्वर्ण पदक

भारतले विहिबार बेइजिङ्गमा आईएसएसएफ शूटिङ्ग विश्वकपको तेस्रो दिन १० मिटर एयर राइफल मिश्रित टिम स्पर्धा र १० मिटर एयर पिस्तोल मिश्रित टिम स्पर्धामा स्वर्ण जितेर पदक खाता खोलेको छ।

अंजुम मोदगिल र दिव्यांश सिंह पंवारको जोडीले १० मिटर एयर राइफल मिश्रित टिम स्पर्धामा देशको लागि स्वर्ण पदकको खाता खोलेपछि युवा शूटर मनु भाकर र सौरभ चौधरीको जोडीले पनि १० मिटर एयर पिस्तोल मिश्रित टिम स्पर्धामा शीर्ष स्थान हासिल गऱ्यो।

भाकर र चौधरीको जोडीले फाइनलमा चिनीया जोडी जियाङ्ग रानक्सिन र पेङ्ग वेई-लाई १६-६-ले परास्थ गऱ्यो। यो एउटा नयाँ प्रारूपमा आयोजना गरिएको थियो, जसमा शीर्ष दुइ टिमहरूले स्वर्ण पदकको लागि मुकाबिला गरे।

यसपूर्व मोदगिल र  पंवारको भारतीय जाडीले १० मिटर एयर राइफल मिश्रित टिम स्पर्धाको फाइनलमा लियू रक्सुआन र याङ्ग हेरनको चिनिया जोडीलाई १७-१५-ले पराजित गरेको थियो।