आईपीएल क्रिकेट २०१९: राजस्थान रोयल्सबाट कोलकाता नाइट राइडर्स तीन विकेटले पराजित

इन्डियन प्रीमियम लीग (आईपीएल) क्रिकेट २०१९-अन्तर्गत हिजो राति कोलकातामा भएको म्याचमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई तीन विकेटले पराजित गरेको छ।

कोलकाताद्वारा दिइएको १७६ रनको विजय लक्ष्य राजस्थान रोयल्सले ४ बल बाँकी छँदै पूरा गऱ्यो। राजस्थानले १९.२ ओभरमा ७ विकेट गुमाएर १७७ रन बनायो।

यसपूर्व पहिला ब्याटिङ्ग गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको थियो। राजस्थानले टस जितेर कोलकातालाई पहिला ब्याटिङ्ग गर्ने निम्तो दिएको थियो।

आज चेन्नई सुपर किङ्ग्स र मुम्बई इन्डियन्स बीच चेन्नईमा मुकाबिला हुनेछ।