श्रीलङ्काका रक्षा सचिवद्वारा इस्टरमा भएका विस्फोटहरूको कारणले राजीनामा

 

श्रीलङ्काका रक्षा सचिवले गत आइतवार भएका आत्माघाती बम हमलाहरूमा गम्भीर सुरक्षा चूक भएको  जिम्मेवारी लिँदै आफ्नो पदबाट राजीनामा दिनुभएको छ। बम हमलाहरू पछि मुलुकमा तनाउ व्याप्त छ।

रक्षा सचिव हमासीरी फर्नेन्डोले भन्नुभएको छ, आफ्नो तर्फबाट कुनै चुक नभएको तर आफ्नो नेतृत्वमा रहेका केही संस्थानहरूको असफलताको जिम्मेवारी आफूले लिएको बताउनुभएको छ। बम हमलाबारे गोप्य सूचनाहरू प्राप्त भएपनि त्यसमा कारबाही गर्न सुरक्षा एजेन्सीहरू असफल भएको रिपोर्टहरू पछि उहाँलाई राजीनामा दिन भनिएको थियो।

एक अर्को सम्बद्ध घटनाक्रम अन्तर्गत अस्ट्रेलियाका प्रधान मन्त्री स्कट मरिसनने आत्मघाती बम हमलाकारीहरूमध्ये एकले अस्ट्रेलियामा विद्यार्थीको रूपमा केही समय बिताएको पुष्टि गर्नुभएको छ।