सिरियामा अमेरिकाको नेतृत्वमा गरिएको कारबाहीमा १६०० सर्वसाधारण मारिएको रिपोर्ट

एमनेस्टी इन्टरनेशनल र एयरवार्स निरीक्षण दलले दिएको जानकारी अनुसार २०१७-मा अमेरिकाको नेतृत्त्वमा गरिएको बम हमलामा सिरियाको रक्का शहरमा चार महिनाभित्र १६ सय भन्दा धेरै सर्वसाधारणको ज्यान गएको थियो।

एजेन्सीहरूका अनुसार गठबन्धनले लगभग १० प्रतिशत बम प्रहारमा मारिएको स्वीकार गरेको छ।

केही महिनासम्मको अनुसन्धान र आँकडाहरूको विश्लेषण पछि एजेन्सीहरूले यसबारे प्रतिक्रिया दिएका हुन्। एजेन्सीहरूले शीर्ष गठबन्धन सदस्यहरूलाई थप पारदर्शिता र जिम्मेवारी देखाउन भनेका छन्। गठबन्धनले एमनेस्टी लगायत विभिन्न स्रोतहरूबाट प्राप्त रिपोर्टहरूको जाँच गरिएको बताएको छ।

२०१७-को मध्यतिर रक्कालाई तीन महिनाका लागि इस्लामिक स्टेट गुटको सीमा पारी खलीफाको राजधानी बनाइएको थियो र अमेरिकी नेतृत्त्वको गठबन्धनले जेहादीहरूलाई तिनीहरूको मुख्य गढमा नै अन्त्य गर्न सैनिक अभियान चलाएको थियो।