राष्ट्र संघ सुरक्षा परिषदमा सुधार महत्त्वपूर्ण प्रक्रिया हो जो अहिलेसम्म रोकिएको छः भारत

 

भारतले राष्ट्र संघ सुरक्षा परिषदमा शीघ्र सुधारको दिशामा यस्तो कारबाही गर्ने आह्वान गरेको छ जसले आजको अफ्रिकाको केन्द्रिय र महत्त्वपूर्ण भूमिका सुनिश्चित गर्न सकोस्। भारतले यो पनि भनेको छ कि विश्व संस्थामा आजको दुनिया परिलक्षित हुनुपर्छ १९४५-को होइन।

भारत सरकारको राष्ट्रसंघ प्रभागका महानिदेशक संजय राणाले हिजो अन्तर्राष्ट्रिय बहुपक्षवाद र शान्तिका लागि कुटनीति दिवसको अवसरमा एक उच्चस्तरीय बैठकलाई सम्बोधित गर्दै सो प्रतिक्रिया व्यक्त गर्नुभयो।

भारतले भनेको छ, सुरक्षा परिषदको सुधार सम्भवतः महासभाको सबैभन्दा महत्त्वपूर्ण प्रक्रिया हो जो अहिलेसम्म रोकिएको छ।

श्री राणाले विश्वमा वर्तमानको आवश्यकता बनेको  शान्तिका लागि बहुपक्षीयवादमाथि जोड दिनुभयो। उहाँले १९४५-मा गठित राष्ट्रसंघको आगामी ७५औँ वार्षिकोत्सवले हरेकका लागि यस लक्ष्य हासिल गर्नमा कार्य गर्न प्रतिबद्ध रहने अवसर प्रदान गर्नेछ।