एन.आइ.ए.-द्वारा पाकिस्तानमा अड्डा भएको जैश-ए-मोहम्मदका दुई आतङ्कीहरू गिरफ्तार

 

नेशनल इन्भेस्टिगेशन एजेन्सी(एन.आइ.ए.) अर्थात् राष्ट्रिय जाँच एजेन्सीले पाकिस्तानमा अड्डा भएको जैश-ए-मोहम्मदका दुई आतङ्कीहरूलाई गिरफ्तार गरेको छ।

एन.आइ.ए.-द्वारा जारी एक विज्ञप्तिमा भनिएअनुसार यी दुई आतङ्कीहरू – तनवीर बनाम तनवीर अहमद गाने र बिलाल मीर बनाम बिलाल अहमद मीर-लाई जन सुरक्षा ऐनअन्तर्गत हिरासतमा लिइएको छ र जम्मूको कोत भलवल जेलमा राखिएको छ।

विज्ञप्तिमा भनिएअनुसार तिनीहरूलाई एक विशेष अदालतसमक्ष पेस गरियो जसले तिनलाई हिजो सात दिनका लागि एन.आइ.ए.-को हिरासतमा पठायो।

एजेन्सीअनुसार यी दुईविरुद्ध मुद्दा भारतमा आतङ्कवादी गतिविधिहरू गर्नका लागि मानिसहरूलाई भर्ती गरेर प्रतिबन्धित आतङ्की सङ्गठनलाई मजबुत पार्ने शीर्ष जैश-ए-मोहम्मद नेतृत्वद्वारा गरिएको आपराधिक षडयन्त्रसित सम्बन्धित छ।