अमेरिकाका पूर्व उप राष्ट्रपतिले लडनुहुनेछ २०२०-को राष्ट्रपति चुनाउ

अमेरिकाका पूर्व उप राष्ट्रपति जो बिडेनले २०२०-मा हुने राष्ट्रपति चुनाउ लडनुहुनेछ। उहाँ  डेमोक्रेटिक राष्ट्रपतिको चुनावी मुकाबिलामा औपचारिक रूपले सामेल हुनुभयो। उहाँले ट्विटरमा एक भिडियो जारी गर्दै यसको घोषणा गर्नुभयो।

७६ वर्षिय बिडेनसँग दाँजो गर्न नसकिने अन्तर्राष्ट्रिय र विधायी अनुभवहरू छन्। उहाँ अमेरिकाका राजनीतिमा एकजना चर्चित हस्ती र लोकप्रिय नेता  हुनुहुन्छ। उहाँले बराक ओबामाको उप राष्ट्रपतिको रूपमा काम गरिसक्नुभएको छ। उहाँ आफ्नो श्रमिक वर्गका मतदाता र बराक ओबमाका समर्थकहरूमाथि निर्भर हुनुहुन्छ।

रिपब्लीकन पार्टीले श्री बिडेनको रेकर्डलाई शिथिल पार्न कुनै कसर छोडेन र एउटा भिडियो सार्वजनिक गर्दै ओबामा र बिडेनको शासनकालमा भएको आर्थिक विकासमाथि प्रश्न उठाएको छ।