आतङ्कवाद रोधी प्रयासहरूमा साझेदारीलाई मजबुत पार्नका लागि राष्ट्र संघ र युरोपेली संघद्वारा संयुक्त रूपरेखामा हस्ताक्षर

आतङ्कवाद रोधी प्रयासहरूमा साझेदारीलाई मजबुत पार्नका लागि राष्ट्र संघ र युरोपेली संघले संयुक्त रूपरेखामा हस्ताक्षर गरेका छन्।

आतङ्कवाद विरूद्ध कारबाही गर्ने राष्ट्रसंघको  कार्यालयले एउटा वक्तव्यमा भनेको छ, आतङ्कवादको सामना गर्ने दिशामा युरोपेली संघ-राष्ट्र संघबीच न्युयोर्कमा सम्पन्न दोस्रो उच्च स्तरीय राजनीतिक वार्तामा सो रूपरेखालाई पेस गरियो।

वक्तव्यमा दिइएको जानकारी अनुसार राष्ट्र संघ र युरोपेली संघ पहलले आतङ्कवादमाथि ध्यानकेन्द्रित गर्नेछ  र अफ्रिका, मध्यपूर्व, र एसियामा हिंसापूर्ण उग्रवादलाई रोक्ने प्रयास गर्नेछ साथै पीडितहरूलाई सहयोग गर्नेछ।