भ्लादिमिर पुटिन र किम जोङ्ग उनबीच पहिलो शिखरवार्ता

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ्ग उनले पहिलोपटक आमने-सामने बैठक गर्नुभएको छ। रसियाको प्रशान्त बन्दरगाह शहर भ्लादिभोस्तोकमा आयोजित बैठकमा दुइ नेताहरूले दुइ मुलुकबीच रहेको  सम्बन्धलाई अझ सुदृढ पार्ने संकल्प गर्नुभएको छ।

बैठक पूर्व जारी गरिएको एक छोटो वक्तव्यमा दुइ नेताहरूले भन्नुभयो, उत्तर कोरियाका संस्थापक एवम् किमका हजुर बुवा किम द्वितीय सुङ्गलाई सोभियत संघले समर्थन गरेको समयदेखिको गाँसिएको सम्बन्धलाई थप मजबुत पार्ने प्रयास गरिँदैछ।

श्री पुटिनले उत्तर कोरियाका नेतालाई कोरियाली प्रायद्वीपमा हाल जारी तनावलाई कम गर्नमा सहयोग गर्ने साथै आर्थिक सम्बन्धलाई थप मजबुत पार्ने आफ्नो इच्छा प्रकट गर्नुभयो।

बैठक पछि एक संवाददाता सम्मेलनलाई सम्बोधित गर्दै श्री पुटिनले भन्नुभयो, उत्तर कोरियाको परमाणु अस्त्र कार्यक्रमबारे ६ पक्षीय वार्ता पुनः सुरु हुनेबारे टुङ्गो छैन। उत्तर कोरियाको परमाणुअस्त्रको विवादलाई लिएर ६ पक्षीय वार्ता २००३-मा  सुरु गरिएको थियो। वार्तामा चीन, जापान, रसिया, अमेरिका, उत्तर कोरिया र दक्षिण कोरिया सामेल थिए। अन्तिम वार्ता २००७-मा  भएको थियो।