काठमाडौँमा जलवायु कार्य तथा आपदा तयारीमाथि पाँचौं एसियाली प्रशान्त प्रसारण संघको शिखर बैठक सुरु

बिहिबार काठमाडौँमा जलवायु कार्य तथा आपदा तयारी सम्बन्धित पाँचौं एसियाली प्रशान्त प्रसारण संघ, एबियु मिडिया शिखर बैठक सुरु भएको छ। यस दुइ दिने शिखर सम्मेलनको विषय हो, ‘सतत भविष्यको निम्ति मिडिया समाधानः जीवन बचाऔँ, लचिलो समुदायको निर्माण गरौँ’।

यस शिखर सम्मेलनको उद्घाटन गर्नुहुँदै नेपालका सञ्चार एवम् सूचना प्रौद्योगिकी मन्त्री गोकुल प्रसाद बासकोटाले भन्नुभयो,  प्राकृतिक आपदाहरूको बेला जागरूकता तथा सतर्कता फैलाउनुको निम्ति मिडियाले मुख्य भुमिका खेल्दछ। उहाँले अझ भन्नुभयो,  मानव व्यवहारका कारण हुने प्राकृतिक आपदाहरूलाई रोक्नको लागि सबैले प्रयास गर्नुपर्छ। यस शिखर सम्मेलनको मूल उद्देश्य जलवायु कार्य एवम् आपदा तयारीहरूमा तीव्रता ल्याउनका लागि मिडियाको क्षमतालाई पूर्णरूपले उपयोग गर्नु र सहयोग तथा संयुक्त व्यावहारिक परियोजनाहरूका लागि हितधारकहरूलाई मिडीया पेशावरहरूसित जोडनु हो।

एसियाली प्रशान्त प्रसारण संघ अनुसार यस सम्मेलनमा राजनीतिक नेता, संयुक्त राष्ट्र एजेन्सीका प्रतिनिधि , गैर सरकारी संगठन, जलवायु परिवर्तन र आपदा प्रबन्ध विशेषज्ञ, वैज्ञानिक र मिडीया व्यक्तित्वहरूसहित २०० भन्दा धेरै सहभागी भएका छन्। यस शिखर सम्मेलनको आयोजना नेपाल  सरकारले एसियाली प्रशान्त प्रसारण संघ, नेपाल टेलिविजन र नेपाल रेडियोको सहयोगमा गरेको हो।