तासकन्दमा सम्पन्न एस.सी.ओ. परिषदका सरकार प्रमुखहरूको बैठक

सांघाई सहयोग सगंठन (एस.सी.ओ.) परिषदका सरकार प्रमुखहरूको १८औँ  बैठक विगत साता अन्त्यमा उजबेकिस्तानको तासकन्दमा सम्पन्न भयो। युरेसिया क्षेत्रमाथि अभिकेन्द्रीत यस संगठनमा भारत २०१७ मा सामेल भएको थियो। यसको प्रथम बैठक रसियाको सोचीमा नोभेम्बर-डिसेम्बर २०१७ मा सम्पन्न भएको थियो भने २०१८ को बैठक ताजिकिस्तानको हुसाम्बेमा सम्पन्न भयो।  एस.सी.ओ. मा भारत, कजाकिस्तान, चीन, किर्गिजस्तान, पाकिस्तान र रसिया लगायत ८ सदस्यहरू रहेका छन्। यसका ६ पर्यवेक्षक र ४ संवाद साझेदार पनि छन्। राष्ट्र प्रमुखहरूको परिषद संगठनको सर्वोच्च निर्णयकारी समिति हो र सरकार प्रमुखहरूको परिषद यसको दोस्रो सबैभन्दा महत्त्वपूर्ण मञ्च हो। सरकार प्रमुखहरूको बैठक वर्षेनी हुने गर्छ। यसले बजेट मञ्जुर गर्नका साथै बहुराष्ट्रिय सहयोग सम्बन्धी रणनीति र संगठनका प्राथमिकताका क्षेत्रहरूबारे विचार विमर्श गर्छ। यसले अन्य महत्त्वपूर्ण आर्थिक तथा सहयोग सम्बन्धी विषयहरूको पनि सम्बोधन गर्छ।

तासकन्दमा सम्पन्न सरकार प्रमुखहरूको बैठकमा, प्रधान मन्त्री नरेन्द्र मोदीको विशेष दूतको तवरमा प्रतिरक्षा मन्त्री राजनाथ सिंहले भारतको प्रतिनिधित्व गर्नुभयो। आतङ्कवाद र उग्रवाद सबै सदस्य राष्ट्रहरूका साथै विश्वको लागि समेत चिन्ताको विषय रहेका छन्। श्री सिंहले एस.सी.ओ. लाई आतङ्कवाद र यसका सहायकहरूको मुकाबिला गर्न सबै विद्यमान अन्तर्राष्ट्रिय ऐनहरू र व्यवस्थाहरूलाई सुदृढ पार्न र लागू गर्न आह्वान गर्नुभयो। उहाँले भन्नुभयो, आतङ्कवादले हाम्रा समाजहरूलाई बाधाग्रस्त पार्ने र विकास प्रयासहरूलाई कमजोड पार्ने काम जारी राखेको छ। एस.सी.ओ. मुलुकहरूले यस व्याधीसित जुझ्नुस जरूरी छ। विश्वले जलवायु परिवर्तन, गरीबी, अल्प विकास र असमानता सम्बन्धी चुनौतीहरूको पनि सामना गरि राखेको छ।

सांघाई सहयोग संगठनले विश्व जनसंख्याको ४२ प्रतिशत, सकल घरायसी उत्पादन (जी.डी.पी.) को २० प्रतिशत र २२ प्रतिशत भू क्षेत्रको प्रतिनिधित्व गर्ने हुँदा यसमा प्रचुर आर्थिक संभाव्यता रहेको छ। भारतका प्रतिरक्षा मन्त्रीले भारतमा प्रोत्साहन प्रदान गरि राखिएको व्यवसाय अनुकूल वातावरणको पनि उल्लेख गर्नुभयो।  मुलुकले विगत वर्षहरूमा आफ्नो “व्यवसाय सहज परिवेशमा पनि उल्लेख्य सुधार गरेको छ”। उहाँले एस.सी.ओ मुलुकहरूलाई “मेक इन इण्डिया” कार्यक्रम अन्तर्गत भारतमा निवेश गर्नको लागि पनि आमन्त्रित गर्नुभयो।

भारत एस.सी.ओ. क्षेत्रमा चीनपछि दोस्रो सर्व वृहत् अर्थतन्त्र हो। भारतले, संसाधनहरूको मानचित्रकरण, कृषि शिक्षा, उपग्रहहरूको प्रक्षेपण, औषधी उद्योग, टेलीमेडिसिन, चिकित्साजन्य पर्यटन तथा आतिथ्य सेवा र वित्तीय सेवा लगायतका क्षेत्रहरूमा क्षमतानिर्माण एनम् कौशल विकासको दिशामा आफ्नो अनुभव साझा गर्न सक्छ।

भूमण्डलीकरणले एस.सी.ओ. का सदस्यहरूको लागि विकासका प्रचुर अवसरहरू खोलेको कुरा माथि उहाँले बल दिनुभयो। तर यसले विविध चुनौतीहरू पनि खडा गरेको छ। सदस्य मुलुकहरूले सहयोग गर्नु जरूरी छ। मुलुकहरू माझ, विशेषगरी विकसित अर्थतन्त्रहरू माझ, एकाकीपना र संरक्षणवादको बढ्दो प्रवृत्ति देख्न पाई  राखिएको छ। श्री राजनाथ सिंहले “एकपक्षीयतावाद र संरक्षणवादबाट कसैको पनि भलो भएको छैन” भन्नुहुँदै विश्व व्यापार संगठनको आधारमा एउटा पारदर्शी, नियम-आधारित, खुल्ला, समावेशी र गैर भेदभावपूर्ण बहुराष्ट्रिय व्यापार प्रणाली रहेको थप्नु भयो। जनताको भविष्यलाई बलियो बनाउने र तिनीहरूको लागि एउटा असल जीवन सुनिश्चित गर्ने क्रममा आर्थिक सहयोग नै आधार रहेको कुरामाथि उहाँले बल दिनुभयो। उहाँले भन्नुभयो, “आर्थिक बृद्धिबाट हाम्रा जानताको कल्याण सुनिश्चित हुनु पर्छ। तिनीहरू हाम्रा नीतिहरूको केन्द्र बिन्दु रहनु पर्छ।”

एस.सी.ओ. मुलुकहरूमा प्राकृतिक विपदाहरू र पर्यावरणीय प्रभावको सम्भावना धेरै रहेको छ। प्रधान मन्त्री मोदीले २३ सेप्टेम्बर, २०१९ मा अमेरिकाको न्यु योर्कमा सम्पन्न राष्ट्र संघीय जलवायु कार्यवाही सम्मेलनमा विपदा सहनशील पूर्वाधारको लागि एक भूण्डलीय गठबन्धनको घोषणा गर्नुभएको थियो। यस गठबन्धनले मुलुकहरूलाई सहनशील पूर्वाधार विकसित गर्न उनीहरूको क्षमतामा सुधार गर्ने क्रममा सहयोग गर्ने लक्ष्य राखेको छ। भारतका प्रतिरक्षा मन्त्रीले एस.सी.ओ. का सदस्यहरूलाई “विपदा सहनशील पूर्वाधार निम्ति गठबन्धमा सामेल हुन आमन्त्रित गर्नुभयो।” यसले सेन्डाई रूपरेखा अन्तर्गत क्षय-क्षतिमा केटौती गर्ने लक्ष्यहरूको सम्बोधन गर्नका अतिरिक्त जलवायु परिवर्तनसित तालमेल कायम गर्नमा पनि योगदान गर्ने छ।

उजबेकिस्तानका प्रधान मन्त्री अब्दुल्लाह निग्मातोभिच अरिपोभ, एस.सी.ओ. सदस्य मुलुकहरूका शिष्टमण्डल प्रमुखहरू, एस.सी.ओ. का महासचिव भलाडिमिर नोरोभ तथा क्षेत्रीय आतङ्कवाद निरोधक संरचनाका कार्यकारी निर्देशक जुमाखोन जियोसोभले पनि बैठकमा भाग लिनुभएको थियो। प्रतिरक्षा मन्त्रीले तासकन्दमा भारतका पूर्व प्रधान मन्त्री लाल बहादुर शास्त्रीको शालिगमा श्रद्धाञ्जली पनि अर्पण गर्नुभयो। १९६५ को युद्ध उपरान्त भारत र पाकिस्तान बीच तासकन्द सम्झौतामा हस्ताक्षर गरिएको एक दिनपछि, ११ जनवरी १९६६ का दिन तासकन्दमा प्रधान मन्त्री शास्त्रीको निधन भएको थियो। श्री सिंह शास्त्री ज्युको स्मृतिमा निर्माण गरिएको स्कूलमा पनि जानुभयो।

आलेख: डा. अथर जफर

अनुवाद एवम् वाचन: एम.एन. उपाध्याय