संसद समीक्षा

यो साता भारतीय संसदको दुवै सदनहरूमा चलेका कार्यवाहीमा कोरोना भाईरसको खतरा लगायत कैयौं मामिलाहरूले प्रमुखता ओगटेको देखियो। लोकसभालाई सुचित गर्दै परराष्ट्र राज्यमन्त्री श्री भी. मुरलीधरणले संयुक्त अरब अमिरातमा आठ भारतीय नागरिकहरू क्वारान्टाईनमा रहेको बताउनु भयो। कुवैतमा चाहिँ यस्तो कोही नरहेको पनि उहाँले बताउनु भयो। इरानमा ६,००० भारतीय नागरिकहरू छन्, जस अन्तर्गत मुख्य रुपले लद्दाख र जम्मू तथा कश्मीर अनि महाराष्ट्रबाट गएका ११ सय  तीर्थयात्रीहरू, जम्मू-कश्मीरबाट गएका ३०० विद्यार्थीहरू, केरला, तमिलनाडु र गुजरातका एक हजार मछुवाहरू साथै आफ्नो आजीविका र धार्मिक अध्ययनको लागि लामो समयदेखि सो मुलुकमा रहँदै आएका अन्य मानिसहरू सामेल छन्। इरानमा यसरी फँसेका मानिसहरू सुरक्षित ढंगले आफ्नो मुलुक फर्केर आउनु सकुन् भन्ने पहलमा भारतले ध्यान केन्द्रित गरेको उहाँले बताउनु भयो। परिक्षण तथा नमुना संग्रह सुविधाहरूका लागि आठ भारतीय स्वास्थ्य अधिकारीहरू इरान पठाइएको पनि उहाँले बताउनु भयो। उहाँले भन्नुभयो, इरानमा तीर्थयात्री, विद्यार्थी र अन्य भारतीयहरूबाट १,७०६ नमुनाहरू संग्रह गरिएका छन्। मन्त्री महोदयको भनाइमा, मार्च १६ तारीखसम्ममा २०५ तार्थयात्रीहरू र विद्यार्थीहरू लगायत ३८९ मानिसहरूलाई चार खेप गरि भारतीय वायू सेना र इरानियन एयरलाईन्सको विशेष विमानहरूद्वारा स्वदेश ल्याउने काम भएको छ। इरानमा अरु फँसेर बसेका भारतीय नागरिकहरुलाई पनि परिक्षण गरेपछि छिटै स्वदेश फर्काएर ल्याउन सकियोस् भन्ने पहल पनि भइरहेको उहाँले बताउनु भयो। स्थितिको नियमित निगरानी राखिँदैछ भन्ने पनि उहाँले जनाउनु भयो। 

अर्को एक प्रश्नको जवाफमा मन्त्री महोदयले भन्नुभयो, केन्द्र सरकारले २६ फरवरी २०२० को दिन चीनलाई १५ टन स्वास्थ्य सामग्री पठाएको छ, जसमा मास्क, ग्लोभ्स र अन्य स्वास्थ्य उपचारका सामग्रीहरू शामेल छन्। यी सामग्रीहरू भारतको जनताको तर्फबाट चीनको जनताप्रति मित्रता र ऐक्यवद्धताको प्रतीकको रुपमा पठाइएका हुन्, किनभने यो वर्ष दुई देश परस्परमा कुटनयीक सम्बन्ध स्थापित भएको ७० औं वार्षिकी मनाइरहेछ। सरकारले भारतमा कोविद-१९ को सामना र व्यस्थापनको दिशामा अवलम्बन गरिएका उपायहरू र तयारीपनको निरिक्षण, अनुगमन र मूल्याङ्कन गर्न केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्शवर्धनको अध्यक्षतामा मन्त्रीहरूका एक उच्च स्तरीय समूहको गठन गरेको छ। परराष्ट्र मन्त्री एस. जयशंकर पनि यो समूहको एक सदस्य हुनु हुन्छ। उहाँको मन्त्रालयले पनि कैयौं दिशा निर्देशन र परामर्श जारी गरिसकेको छ। 

श्री मुरलीधरणले भन्नुभयो, चीनमा कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखि प्रधान मन्त्री श्री नरेन्द्र मोदीले गत ८ फरवरीको दिन नै चीनका राष्ट्रपति शी जिङपिङ्गलाई पत्र लेख्नु भएको थियो, जसमा उहाँले भारतको सरकार र जनताको तर्फबाट चीनको जनताप्रति ऐक्यवद्धता जनाउँदै उनीहरूलाई मदत पुऱ्याउन भारत सरकार तत्पर रहेको जनाउनु भएको थियो। 

परराष्ट्र मन्त्रालयले भनेको छ, भारतले सक्रियतापूर्वक सबै कुरा स्पष्ट पार्दै जम्मू तथा कश्मीर सम्बन्धी सत्य तथ्यहरू अन्तर्राष्ट्रिय समुदायलाई जनाउने काम गरिसकेको छ साथै नागरिकता संशोधन कानून २०१९ को परिपेक्ष्यता र उद्देश्यबारे धारणा पनि साझा गरिसकेको छ। राज्य सभामा उठेको एक प्रश्नको उत्तर दिँदै परराष्ट्र राज्यमन्त्री भी. मुरलीधरणले यो कुरा बताउनु भएको हो। अर्को एक प्रश्नको उत्तरमा, मन्त्री महोदयले भन्नुभयो, डायमण्ड प्रिन्सेस् क्रूश जहाजमा मोठ १३८ भारतीय नागरिकहरू सवार थिए, जसमा चालक दलका १३२ सदस्यहरू सामेल थिए। उनीहरू मध्ये, ११९ भारतीय नागरिकहरूलाई गत २७ फरवरी २०२० को दिन एक विशेष विमानद्वारा स्वदेश फिर्ता गरियो। यसरी फर्केर आएपछि उनीहरूलाई हरियाणाको मानेसरमा सेनाको एक केन्द्रमा क्वारेन्टाइनमा राखियो। 

कोरोना संक्रमणले गर्दा चीनको हुबेइ प्रान्तमा जारी रहेको सटडाउनलाई ध्यानमा राखि भारतले उहान र हुबेइ प्रान्तमा रहेका विद्यार्थीहरू लगायत मोठ ७६६ भारतीयहरूको बचाउको लागि विगत ३१ जनवरी, १ फरवरी र २६ फरवरीको दिन तीनवटा विशेष विमानहरू सञ्चालन गरेको थियो। हाम्रा छेमेकी मुलुकका मानिसहरू पनि यसरी प्रभावित मुलुकहरुबाट फर्केर आउन चाहेको खण्डमा उनीहरूलाई सहायता गर्न समेत सरकार तत्पर रहेको पनि मन्त्री भी. मुरलीधरणले बताउनु भयो। यसरी बचाएर स्वदेश फिर्ता ल्याईएकाहरू मध्ये ७२३ भारतीय नागरिकहरू अनि ४३ विदेशी नागरिकहरू सामेल छन्। यसरी बचाव गरि फिर्ता गरिएकाहरूमा २३ बङ्गलादेशका नागरिकहरू छन्, ९ माल्दिभ्सका, २ म्याँमारका, १ दक्षिण अफ्रिकाका, १ मेडागेस्करका र १ अमेरिकी नागरिक, जो एक भारतीय नागरिकका मित्र थिए, सामेल छन्। यो बाहेर, भारतीय नागरिकहरूका पत्नी/ अथवा बालबच्चाको रुपमा रहेका ६ चीनियाँ नागरिकहरूलाई पनि बचाव गरि फिर्ता ल्याइयो। मन्त्री महोदयले भन्नुभयो, गत १८ फरवरी २०२० को दिन एक ट्रेभल एडभाइसरी अथवा यात्रा परामर्श पनि जारी गरिएको थियो। 

आलेख: पत्रकार भी, मोहन राव

अनुवाद एवं वाचनः जे. के..बराईली