प्रधान मन्त्री मोदीले आज जी-20 भर्चुअल शिखर बैठकमा भाग लिनुहुने

आज प्रधान मन्त्री नरेन्द्र मोदीले संसारभरि थुप्रै ज्यान लिइसकेको तथा दैनन्दिनको क्रियाकलाप र कारोबार ठप्प पारिदिएको  नोभल कोरोनाभाइरस महामारी विरुद्ध संयोजित प्रतिक्रिया अझ व्यापक बनाउनका लागि डाकिएको जी20 नेताहरूको भर्चुअल शिखर बैठकमा भाग लिनुहुनेछ। सऊदी अरबका महाराजा सलमानले बैठकको अध्यक्षता गर्नुहुनेछ। प्रधान मन्त्री मोदीले एउटा ट्वीटमा भन्नुभयो, “जी20-ले कोविड-19 महामारीलाई सम्बोधन गर्नमा एउटा महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने हुन्छ। भोली सऊदी अरबको अध्यक्षतामा सम्पन्न हुने  जी20 भर्चुअल शिखर बैठकमा फलदायी परिणाम आउनेछ भन्ने म आशा गर्दछु।”   

यो शिखर बैठकमा कोरोनाभाइरस महामारी विरुद्ध लड्ने एउटा रणनीति तयार हुने अपेक्षा छ। बुधबार प्रधान मन्त्री मोदी र रसियाली राष्ट्रपति भ्लादीमिर पुटिनले टेलिफोनमार्फत कुराकानी गर्नुभयो र दुवै मुलुकमा कोरोनाभाइरस विरुद्ध लड्नका लागि अपनाइएका उपायहरूबारे छलफल गर्नुभयो। प्रधान मन्त्रीले रसियामा भएको मृत्युप्रति शोक समवेदना व्यक्त गर्नुभयो र कोविड-19बाट सङ्क्रमित व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभका लागि शुभकामना दिनुभयो।