मुलकमा सामुदायिक रेडियो नेटवर्कलाई विस्तार गरिनेछः सूचना एवम् प्रसारण मन्त्री प्रकाश जावडेकर

सूचना एवम् प्रसारण मन्त्री प्रकाश जावडेकरले भन्नुभएको छ, सामुदायिक रेडियो आफैमा एउटा समुदाय हो र परिवर्तनका एजेन्टहरू हुन् र मन्त्रालयले यस्ता स्टेशनहरूको संख्या बढाउनका लागि एउटा योजना तयार पार्नेछ।

अल इण्डिया रेडियो समाचार मार्फत सबै सामुदायिक रेडियो स्टेशनका श्रोताहरूलाई सम्बोधित गर्दै श्री जावडेकरले भन्नुभयो, सरकारले सामुदायिक रेडियोलाई टेलीभिजन च्यानलको बराबरीमा ल्याउने उद्देश्यले वर्तमान ७ मिनटको  विज्ञापन समय-सीमालाई बढाएर १२ मिनट पार्नेबारे विचार गरिरहेको छ। 
समाचारहरू प्रसारण गर्न दिइनुपर्छ भन्ने सामुदायिक रेडियोहरूको मागको सम्बन्धमा श्री जावडेकरले यसबारे विचार गरिने आश्वासन दिनुभयो। उहाँले झुटा खबरहरूको खतराविरुद्ध सामुदायिक रेडियोको महत्त्वपूर्ण भूमिकालाई पनि रेखाङ्कित गर्नुभयो र भन्नुभयो, यी खबरहरूको पुष्टि स्थानीय सूत्रहरूद्वारा गरिनुपर्छ।  उहाँले स्टेशनहरूलाई  यसका लागि अल इण्डिया रेडियोका साथ सामग्रीहरू साझा गर्न भन्नुभयो जसबाट सत्य सामुन्ने आउन सकोस्।