आरबीआई-द्वारा आर्थिक विकासलाई टेवा दिन ऋण दरमा कटौती साथै ऋण भुक्तानीमा ३ महिनाको राहत प्रदान

शुक्रबार भारतीय रिजर्भ बैंक, आरबीआई-ले रेपो दर ४.४ प्रतिशतबाट ४० आधार अङ्कले घटाएर ४ प्रतिशत बनाएको छ जसलाई सुन्तलन गर्नको निम्ति रिभर्स रेपो रेट ३.३५ प्रतिशत बनाएको छ। आरबीआईका गभर्नर शक्तिकान्त दासले मिडियालाई सम्बोधन गर्दै भन्नुभयो छ: सदस्यीय मौद्रिक नीति समितिले ब्याज दरमा ४० आधार अङ्कको कटौतीको पक्षमा १ को विरुद्ध ५ मत दियो।

आरबीआई गभर्नरले भन्नुभयो घोषणा गरिएका उपायहरूलाई बजारहरूका गतिविधि बढाउनमा, निर्यात तथा आयातलाई टेवा दिनमा, ऋणमा केही राहत प्रदान गरेर आर्थिक तनाव कम गर्नमा र राज्य सरकारहरूले सामना गरिरहेका आर्थिक संकटलाई सहज तुल्याउनुमा तथा कार्यचालन पुँजीको असल पहुँच प्रदान गर्नमा जस्ता चार विषयहरूमा उपयोग गर्न सकिन्छ। 

आरबीआई-ले कोभिड-१९को महामारीलाई ध्यानमा राखी मानिसहरूलाई केही राहत प्रदान गर्दै ऋण भुक्तानीमा १ जूनदेखि ३१ अगष्टसम्म तीन महिनाको छुट प्रदान गरेको छ।