प्रधान मन्त्री मोदीद्वारा श्रीलंकाका प्रधान मन्त्रीसित कुराकानी 

बुधबार प्रधान मन्त्री नरेन्द्र मोदीले उहाँका श्रीलंकाली समकक्षी महिन्द राजपक्षलाई सांसदको रूपमा ५० वर्ष पूरा गर्नुभएकोमा बधाई दिनुभयो। 

उहाँहरूले कोभिड-१९को स्वास्थ्य र आर्थिक प्रभावबारे छलफल पनि गर्नुभयो। प्रधान मन्त्री नरेन्द्र मोदीले राजपक्षलाई लामो राजनीतिक यात्रा पूरा गर्नुभएकोमा बधाईका साथै उहाँ र श्रीलंकाका समग्र जनतालाई असल स्वास्थ्य, शान्ति तथा समृद्धिको शुभकामना दिनुभयो। 

आफ्नो लामो राजनीतिक यात्राको क्रममा श्रीलंकाको विकासमा राजपक्षले दिनुभएको योगदानको स्मरण मोदीले गर्नुभयो र उहाँलाई उहाँको भविष्यको निम्ति शुभकामना दिनुभयो भनी एक आधिकारिक वक्तव्यमा भनिएको छ।