जम्मु कश्मीरको पुलवामा जिल्लामा आतङ्की हमलाको षडयन्त्र विफल, सुरक्षा बलले आईईडी बोकेको वाहन विस्फोट गऱ्यो

केन्द्र शासित प्रदेश जम्मू कश्मीरमा सुरक्षा बलले आतङ्कीहरूको  एउटा ठूलो कार बम हमला गर्ने षडयन्त्र विफल पारिदिएको छ।

दक्षिण कश्मीरको पुलवामा जिल्ला स्थित राजपोराको आयनगुन्ड क्षेत्रमा आईईडी राखिएको एउटा कार भेटिएको थियो जुन कारलाई पछि बम निष्क्रिय पार्ने बलका जवानहरूले  विस्फोट गरिदिए। सुरक्षा बलले एउटा मोबाइल वाहन जाँच चौकीमा एउटा सेतो वाहन तीव्र गतिमा कुदाएको देखेपछि गोली चलाएको थियो। पछि सो वाहन केही दूरीमा भेटिएको थियो। 

सेना, जम्मू कश्मीर पुलिस र सीआरपीएफ-को एउटा संयुक्त अभियान अन्तर्गत सुरक्षा बलले सो कारबाई गरेको थियो।