भारतीय सेनाले सीमा व्यवस्थापन सम्बन्धमा अत्यन्त जिम्मेवारीका साथ काम गरेको छः अनुराग श्रीवास्तव 

परराष्ट्र मन्त्रालयले भनेको छ, भारत र चीनले सीमा क्षेत्रबारे शान्तिपूर्ण वार्ता मार्फत कुनै पनि विवादको समाधान गर्नका लागि सेना र कुटनीतिक दुवै स्तरमा तन्त्रहरू स्थापित गरेका छन्। बिहिवार एक भर्चुअल बयानमा मन्त्रालयका प्रवक्ता अनुराग  श्रीवास्तवले भन्नुभयो, भारतीय सेनाले सीमा व्यवस्थापन सम्बन्धमा अत्यन्त जिम्मेवारीपूर्ण कार्य गरेको छ।

उहाँले भन्नुभयो, भारतीय सेनाले चीनका साथ  सीमा क्षेत्रमा उत्पन्न कुनै पनि मामिलाको समाधानमा विविध द्विपक्षीय सम्झौता र नियमहरूको कडासँगले पालना गरेको छ। श्री श्रीवास्तवले अझ भन्नुभयो, देशको सार्वभौमिकता र राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न  भारत दृढसंकल्पित छ।