आज खाडी मुलुकहरूबाट १३ विशेष विमानहरूद्वारा २ हजार अलपत्र भारतीय नागरिकहरूलाई स्वदेश ल्याइने, एयर इण्डियाले श्रीलङ्काबाट १५० भारतीयहरूलाई फिर्ता ल्याउने

वन्दे भारत मिशन अन्तर्गत आज खाडी क्षेत्रबाट १३ विमानहरू भारत आइपुग्नेछन्। ती विमानहरूद्वारा भारतका अलपत्र २ हजार नागरिकहरूलाई स्वदेश ल्याइनेछ।
वन्दे भारत मिशनको भागको रूपमा एयर इण्डियाको विमानले आज श्रीलङ्काको कोलोम्बोबाट लगभग १५० अलपत्र भारतीय नागरिकहरूलाई भारत ल्याउनेछ।

 यस मिशन अन्तर्गत श्रीलङ्काबाट पहिलोपटक भारतीय नागरिकहरूलाई स्वदेश फिर्ता गरिँदैछ।
भारतीय नौसेनाको आईएनएस जलश्वले कोलोम्बो बन्दरगाहबाट ७ सय भारतीय नागरिकहरूलाई टुटिकोरिन पुऱ्याउनेछ। समुद्रसेतु मिशन अन्तर्गत श्रीलङ्काबाट पहिलोपटक भारतीय नागरिकहरूलाई स्वदेश फिर्ता गर्ने काम भइरहेको छ।