रेलवेले आजबाट मुलुकमा २०० स्पेशल ट्रेनहरू सञ्चालन गर्ने

आजबाट मुलुकमा २०० स्पेशल ट्रेनहरू गुड्ने छन्। यी

ट्रेनहरूलाई वर्तमानका श्रमिक स्पेशल ट्रेन र ३० स्पेशल एसी ट्रेनको अतिरिक्त चलाइएको हो। रेल मन्त्रालयले बताएअनुसार पहिलो दिन १ लाख ४५ हजारभन्दा बढी यात्रीहरूले यात्रा गर्नेछन्। जून १ देखि ३० सम्मको अग्रीम आरक्षण अवधिका निम्ति करिब २६ लाख यात्रीहरूले टिकट बूक गरेका छन्। यी ट्रेनहरू पूर्ण आरक्षित ट्रेन हुन् जसमा एसी र गैर-एसी दुवै श्रेणीहरू रहनेछन्। जनरल कोचहरूमा आरक्षित सिटहरू मात्र हुनेछन् र त्यहाँ कुनै अनारक्षित कोच हुनेछैन। स्टेशनमा तापक्रम जाँच गराउनका लागि यात्रीहरू ९० मिनट अगाडि नै स्टेशन पुग्नुपर्नेछ। समग्र यात्रीहरूको जाँच गरिनेछ र कुनै लक्षण नभेटिएका यात्रीहरूलाई मात्र ट्रेनमा सवार हुने अनमति दिइनेछ।