आजदेखि राष्ट्रव्यापी लकडाउन खोल्ने प्रक्रियाको पहिलो चरण सुरु हुँदैछ

राष्ट्रव्यापी लकडाउन खोल्ने प्रक्रियाको पहिलो चरण आजदेखि सुरु हुँदैछ। यस चरणअन्तर्गत भारतमा अधिकांश गतिविधिहरू सुरु गर्ने अनुमति प्रदान गरिएको छ। शनिबार केन्द्र सरकारले लकडाउन खोल्ने प्रक्रियाको  पहिलो चरणको घोषणा गर्दै सम्बन्धित दिशानिर्देशहरू जारी गरेको थियो साथै कन्टेनमेन्ट जोनहरूमा लकडाउनलाई यथावत राखिने पनि बताएको थियो।

सरकारले राज्यभित्र र एक राज्यदेखि अर्को राज्यमा सरसामग्रीहरूको ओसारपोसार र मानिसहरूको यातायातलाई पनि अनुमति दिएको छ। अनेक राज्यहरूले लकडाउनको पाँचौं चरण वा लकडाउन खोल्ने पक्रियाको पहिलो चरणसम्बन्धी दिशानिर्देशहरू पनि 

जारी गरेका छन्।