प्रधान मन्त्री मोदीद्वारा मानिसहरूलाई कोभिड-१९ विरुद्धको लडाइँमा सजग बस्न आग्रह

प्रधान मन्त्री नरेन्द्र मोदीले मानिसहरूलाई कोभिड-१९ विरुद्ध उनीहरूको लडाइँमा अझ धेरै सजग बस्न आग्रह गर्नुभएको छ। श्री मोदीले ‘मन की बात’ कार्यक्रममा भन्नुभयो, लापरवाही गर्नु वा सुस्त रहनु यसको कुनै विकल्प होइन। उहाँले भन्नुभयो आर्थिक गतिविधिहरू फेरि सुचारु गरिएका हुनाले सामाजिक दूरी अब झनै महत्त्वपूर्ण बनेको छ।  

प्रधान मन्त्री महोदयले भन्नुभयो सुस्तपन देखाउनुहुँदैन र मानिसहरूले ‘दो गज देह की दूरी’ अर्थात एक-अर्काबाट दुई गजको दूरी कायम राख्नुपर्छ, मुहार ढाक्ने मास्क लगाउनुपर्छ र जतिसक्दो घरभित्रै बस्ने प्रयास गर्नुपर्छ। उहाँले भन्नुभयो स्थिति नियन्त्रण गर्न मुलुकले गरेको कुशल र प्रभावी कार्यलाई व्यर्थ जानदिनुहुँदैन। उहाँले भन्नुभयो अगाडिको मार्ग एकदमै लामो छ र हामी एक यस्तो महामारीविरुद्ध लडिरहेका छौं जसको बारेमा यसअघि थोरै मात्र जानकारी थियो।