प्रधान मन्त्री मोदीले सरकार नागरिकहरूको ज्यान बचाउन र अर्थव्यवस्थालाई स्थिर बनाउन प्रतिबद्ध रहेको कुरोलाई दोहोऱ्याउनुभयो 

प्रधान मन्त्री नेरन्द्र मोदीले दोहोऱ्याउँदै भन्नुभएको छ कोरोनाभाइरसले अर्थतन्त्र सुस्त जरूर बनाएको छ तर भारतले प्रतिभा र प्रविधिमार्फत विकास पुन: प्राप्त गर्नेछ। श्री मोदीले मुलुकलाई आत्मनिर्भर बनाउने र विकासको मार्गमा फर्काउने आफ्नो दृढ संकल्प व्यक्त गर्नुभयो। 

मंगलबार भिडियो कन्फ्रेन्समार्फत भारतीय उद्योग महासंघको वार्षिक अधिवेशनको उद्घाटन गर्नुहुँदै प्रधान मन्त्रीले वृद्धि पुन: हासिल गर्ने आफ्नो संकल्प साझा गर्नुभयो। भारतीय उद्योग महासंघ स्थापित भएको १२५औं वर्षमा लागेको छ।

राष्ट्रव्यापी लकडाउन खोल्ने पहिलो चरणको सुरुआत भएयता पहिलोचोटी उद्योग जगतका अग्रणीहरूलाई सम्बोधन गर्ने क्रममा प्रधान मन्त्रीले सरकार नागरिकहरूको ज्यान बचाउन र अर्थतन्त्रलाई स्थिर बनाउन प्रतिबद्ध रहेको कुरा दोहोऱ्याउनुभयो। मुलुकको क्षमता र संकट व्यवस्थापन योजना तथा प्रतिभा र प्रविधिको उपलब्धतामाथि बल दिनुहुँदै उहाँले भारत पुन: एक स्वास्थ्य अर्थतन्त्रको मार्गमा छिट्टै फर्कने आश्वासन दिनुभयो।