प्रधान मन्त्री मोदी र अमेरिकी राष्ट्रपतिबिच कोभिड उत्तरकालमा प्रकट हुने वास्तविकताहरूबारे छलफल; ट्रम्पले प्रधान मन्त्री मोदीलाई यसै वर्ष हुने जि७ शिखर बैठकमा सहभागी बन्न निम्त्याउनुभयो

प्रधान मन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गर्नुभयो। उहाँहरूले अमेरिकाले अब गर्ने जि७-को अध्यक्षता तथा कोभिड-१९ महामारीलगायत अनेक विषयहरूमाथि कुराकानी गर्नुभयो।  

राष्ट्रपति ट्रम्पले भारतलाई सात राष्ट्रहरूको समूह अर्थात जि७-मा सामेल गर्ने इच्छा व्यक्त गर्नुभयो र प्रधान मन्त्री नरेन्द्र मोदीलाई अमेरिकामा आयोजन हुने जि७-को आगामी शिखर बैठकमा सहभागी बन्न आमन्त्रित गर्नुभयो। प्रधान मन्त्री मोदीले राष्ट्रपति ट्रम्पको प्रशंसा  उहाँको सिर्जनशील र दूरगामी सोचका लागि गर्नुभयो र कोभिड-१९ उत्तरकालको अवस्थामा प्रकट हुने वास्तविकताहरूलाई ध्यानमा राखी जि७ जस्तो मञ्चलाई विस्तार गर्ने इच्छा व्यक्ति गरेकोलाई सराहना गर्नुभयो।