आतङ्कवाद सम्बन्धी राष्ट्र संघको रिपोर्टलाई पाकिस्तानका प्रधान मन्त्रीले सार्वजनिक रूपले स्वीकार्नुभएको भारतको भनाई

 

भारतले पाकिस्तानका आतङ्की समुहहरूले हजारौँ आतङ्कीहरूलाई अफगानिस्तान पठाएको राष्ट्र संघ सुरक्षा परिषदको रिपोर्टको पाकिस्तानका प्रधान मन्त्री इमरान खानले सार्वजनिक रूपमा स्वीकार गर्नुभएको बताएको छ।

राष्ट्र संघको रिपोर्टमा भनिएको छ, अफगानिस्तानमा रहेका विदेशी आतङ्कीहरूमध्ये लगभग ६,५०० पाकिस्तानी नागरिकहरू छन् र पाकिस्तानका आतङ्की गुटहरू जैश-ए-मोहम्मद र लश्कर ए तैय्यबा अफगानिस्तानमा तैनाथ छन्।