प्रधान मन्त्री मोदीले रवान्डालाई कोविड १९ विरुद्धको लडाईँमा भारतले सहयोग गर्ने आश्वासन दिनुभयो

 

प्रधान मन्त्री नरेन्द्र मोदीले रवान्डाका राष्ट्रपति  पल कगामेका साथ शुक्रवार टेलिफोनमा कुराकानी गर्नुभयो। श्री मोदीले २०१८-मा रवान्डा भ्रमण गर्नुभएयता दुइ मुलुकबीच द्विपक्षीय सम्बन्धमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गर्नुभयो।

दुइ नेताहरूले कोविड १९ महामारीले अर्थतन्त्र र स्वास्थ्य प्रणालीमा उत्पन्न चुनौतीहरूबारे छलफल गर्नुभयो। उहाँहरूले संकटको व्यवस्थापन र नागरिकहरूको सुरक्षाका लागि लिइएका उपायहरूबारे जानकारी साझा गर्नुभयो।
प्रधान मन्त्रीले कोरोनाभाइरस महामारीको सामना गर्नका लागि रवान्डालाई चिकित्सा सहयोगसहित सबैप्रकारको सहयोग गर्ने आश्वासन दिनुभयो। उहाँले यस चुनौतीको सामना गर्न रवान्डाका जनताले गरेको प्रयासको सह्राना गर्नुभयो र रुवान्डाका जनताको सुस्वास्थ्यको शुभकामना दिनुभयो।