विश्व पर्यावरण दिवसको अवसरमा सरकारद्वारा ‘नगर वन’ कार्यक्रमको सुरुआत

 

केन्द्रीय पर्यावरण मन्त्री प्रकाश जावडेकरले विश्व पर्यावरण दिवसको उपलक्ष्यमा नगर वन कार्यक्रमको शुभारम्भ गर्नुभएको छ। श्री जावडेकरले सर्वसाधारणको सक्रिय सहभागिताका साथ शहरी वन अर्थात् नगर वन पहललाई प्रोत्साहित गर्नुपर्ने खाँचोमाथि जोड दिनुभयो। यस कार्यक्रम अन्तर्गत प्रारम्भिक चरणमा मुलुकका २ सय निगम र शहरहरूमा वनजंगल विकसित गरिनेछ।

पर्यावरण मन्त्रालय, वन तथा जलवायु परिवर्तनद्वारा आयोजित एक भर्चुअल कार्यक्रममा बोल्दै श्री जावडेकरले भन्नुभयो, सबै अवरोधहरू भएतापनि देश  विश्वमा जैवविविधताको लगभग ८ प्रतिशत संरक्षण गर्न सक्षम छ।

यस अवसरमा राष्ट्रपति रामनाथ कोविन्दले शुभकामना दिदैँ भन्नुभयो, भारत हरित पृथ्वी सुनिश्चित गर्न अन्य राष्ट्रहरूका साथ हात मिलाउन प्रतिबद्ध रहनेछ।