सरकारले भारतको सम्प्रभुता र अखण्डतालाई खतरा पुऱ्याउने टिक-टक, हेलो, वी च्याट लगायतका ५९ मोबाइल ऐपमाथि प्रतिबन्ध लगायो

सरकारले ५९ मोबाइल ऐपहरूमाथि प्रतिबन्ध लगाएको छ जसले भारतको सार्वभौमिकता र अखण्डता, भारतको रक्षा , राज्यको सुरक्षा र सार्वजनिक व्यवस्थालाई खतरा पुऱ्याइरहेको छ।
इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालयले एउटा विज्ञप्तिमा भनेको छ, उपलब्ध जानकारीलाई ध्यानमा राख्दै यी ऐपहरूमाथि प्रतिबन्ध लगाइएको छ। देशको सम्प्रभुता र अखण्डता, देशको रक्षा र राज्य तथा सार्वजनिक व्यवस्थाको पूर्वाग्रह हुने गतिविधिहरूमा संलग्न रहेको जानकारीको आधारमा ती ऐपहरूमाथि प्रतिबन्ध लगाइएको छ।