भारत र चीनले पूर्वी लद्दाखमा तनाव कम गर्न तेस्रो चरणको वार्ता गर्ने

पूर्वी लद्दाखमा तनाव कम गर्ने प्रयास अन्तर्गत भारत र चीनका सैन्य अधिकारीहरूले ले.जनरल स्तरको तेस्रो चरणको वार्ता गर्नेछन्। बैठकमा संवेदनशील क्षेत्रमा दुइ मुलुकका सेनाबीच सीमामा मोर्चाबन्दी  सम्बन्धी रूपरेखालाई अन्तिम रूप दिइनेछ। ले. जनरल स्तरको यो तेस्रो चरणको वार्ता हुनेछ र यो वार्ता भारतीय पक्षको वास्तविक नियन्त्रण रेखा स्थित चुशुल क्षेत्रमा हुने सूत्रहरूले बताएका छन्। 

बिहान १०.३० बजे बैठक हुने कार्यक्रम छ। १४ कोर कमान्डर ले. जनरल हरिन्दह सिंहले भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ भने तिब्बत सैन्य जिल्लाका कमान्डरले चीनको प्रतिनिधित्व गर्नुहुनेछ।

पहिलेका दुइ बैठकहरू चीनको पक्षमा रहेको वास्तविक नियन्त्रण रेखा स्थि मोल्डोमा भएका थिए। दोस्रो चरणको वार्ता २२ जुनमा भएको थियो र पुर्वी लद्दाखमा सैनिकहरूको मोर्चाबन्दीबारे परस्पर सहमति भएको थियो।