प्रधान मन्त्री नरेन्द्र मोदीले कोविड १९-को परिदृश्यमा आज दिउँसो ४ बजे राष्ट्रलाई सम्बोधित गर्नुहुने

प्रधान मन्त्री नरेन्द्र मोदीले आज दिउँसो ४ बजे राष्ट्रलाई सम्बोधित गर्नुहुनेछ। गृह मन्त्रालयद्वारा अनलक २ दिशानिर्देशहरूको घोषणापछि प्रधान मन्त्री कार्यालयले एउटा ट्विट सन्देशमा यसबारे जानकारी दिएको छ।

कोविड १९ महामारीको प्रकोप सुरु भएयता प्रधान मन्त्रीको राष्ट्रलाई यो छैठौँ सम्बोधन हुनेछ। गत १२ मे-मा श्री मोदीले राष्ट्रलाई सम्बोधित गर्नुभएको थियो जसमा उहाँले कोरोनाभाइरस लकडाउनबाट मन्दीको स्थितिमा पुगेको अर्थव्यवस्थालाई उकास्न २० लाख करोड रुपियाँको वित्तीय प्याकेजको घोषणा गर्नुभएको थियो।

गत आइतवार मन की बात कार्यक्रममा प्रधान मन्त्रीले मानिसहरूलाई अनलक चरणमा थप सतर्क रहन र थप सावधानी अपनाउन आह्वान गर्नुभएको थियो।