कोभिड-१९ संक्रमणबाट निको हुने दर करिब ६३ प्रतिशत भयो

भारत सरकारले आइतबार बताएअनुसार देशमा कोभिड-१९ संक्रमणबाट निको भएको संख्या सक्रिया मामिलाको संख्याभन्दा २,४२,००० बढी छ।  केन्द्रीय स्वास्थ्य मन्त्रालयले भन्यो केन्द्र सरकारले राज्य सरकारहरू र केन्द्रशासित प्रदेशहरूसित मिलेर सारेका केन्द्रित र संयोजित पाइलाहरूको फलस्वरूप नै निको हुने संख्यामा लगातार बढोत्तरी भएको हो।

विगत २४ घण्टामा मुलुकमा कोभिड-१९ संक्रमणबाट १९,००० भन्दा बढी मानिसहरू निको भएका छन्। देशमा निको हुने दर बढेर अब ६२.९३ प्रतिशत भएको छ। मुलुकमा अहिलेसम्म ५,३४,००० कोभिड-१९ का रोगीहरू निको भइसकेका छन्।