जम्मू एवम् कश्मीर सरकारद्वारा पर्यटकहरूको आगमनसम्बन्धी दिशानिर्देशहरू जारी; पर्यटन क्षेत्र भोलीबाट चरणबद्ध रूपमा खोल्न सुरु गर्ने

जम्मू एवम् कश्मीर सरकारले यस केन्द्रशासित प्रदेशमा पर्यटकहरूको आगामनसम्बन्धी दिशानिर्देशहरू जारी गरेको छ। यस केन्द्रशासित प्रदेश सरकारले पर्यटन क्षेत्र भोलीबाट चरणबद्ध ढंगमा खोल्न सुरु गर्ने निर्णय गरेको छ। पहिलो चरणमा हवाई यात्रा गरेर आउने पर्यटकहरूलाई मात्रै प्रवेश अनुमति प्रदान गरिनेछ। आरटी-पीसीआर जाँच समग्र पर्यटकहरूका निम्ति अनिवार्य पारिएको छ। 

पर्यटकहरूले यस केन्द्रशासित प्रदेशमा आउनुअघि नै होटल बुकिङ्ग गरेको हुनै पर्दछ। यसको प्रमाण आगमन हुँदाखेरि देखाउनु पर्ने हुन्छ। सबै पर्यटकहरूसँग पुष्टिभएको हावाई यात्राको टिकट पनि हुनु अनिवार्य छ। होटलमार्फत नै ट्याक्सी वा यातायातका साधन पहिले नै गरेको हुनुपर्दछ। जम्मू एवम् कश्मीर पर्यटनले यस्ता होटल र ट्र्याभल एजेन्सीको एउटा सूची तयार पार्नेछ। ६५ वर्ष उँभोका व्यक्तिहरू घुमफिर गर्ने क्रियादेखि टाढा बसेकै उचित हुनेछ।