गृह मन्त्री अमित शाहद्वारा सुरक्षा बलहरूको प्रशंसा उनीहरूले देशमा कोभिड-१९ विरुद्धको लडाइँमा गरेका प्रयासका निम्ति

गृह मन्त्री अमित शाहले सुरक्षा बलहरूको प्रशंसा उनीहरूले देशमा कोभिड-१९ विरुद्धको लडाइँमा गरेका प्रयासका निम्ति गर्नुभएको छ। उहाँले भन्नुभयो भारत सर्वाधिक आबादी भएका मुलुकहरूमध्ये एक हो। सबैले सोच्थे भारतजस्तो मुलुकले कोभिड-१९ विरुद्ध लडाइँ कसरी लड्न सक्छ। त्यस्ता आशंकाहरू त्यतिखेर थिए तर आज कोभिड-१९ विरुद्ध सबभन्दा सफल लडाइँहरूमध्ये एक यो मुलुकमा कसरी लडिँदैछ भन्ने कुरा समग्र विश्वले नै देखिरहेको छ।

श्री शाहले भन्नुभयो भारतमा कोभिड-१९ विरुद्धको लडाइँमा सम्पूर्ण सुरक्षा बलहरूले एउटा ठुलो भूमिका खेलिरहेका छन्। उहाँले भन्नुभयो हाम्रा सुरक्षा बलहरूले सो साबित गरेका छन् कि उनीहरू आतङ्कवादविरुद्ध मात्र तर मानिसहरूका साथमा महामारीविरुद्ध लडाइँ कसरी लड्नुपर्छ भन्ने पनि जान्दछन्। श्री शाहले भन्नुभयो प्रधान मन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको कोभिड-१९ विरुद्ध  लडाइँको जग निकै बलियो छ जुन जग ‘मानिस एउटै, विचार एउटै र राष्ट्र एउटै’ को नारामा टिकेको छ।

गृह मन्त्रीले हिजो गुरुग्राममा केन्द्रीय सशस्त्र पुलिस बलद्वारा सञ्चालित अखिल भारत वृक्ष रोपनी अभियानलाई सम्बोधन गर्नुभयो। श्री शाहले भन्नुभयो राष्ट्रव्यापी केन्द्रीय सशस्त्र पुलिस बल वृक्ष रोपनी अभियानअन्तर्गत १.३७ करोड बिरुवा रोप्ने लक्ष्य राखिएको छ। उहाँले भन्नुभयो हामीले प्राकृतिक संसाधनहरू नष्ट होइन तर त्यसको संरक्षण गर्नुपर्छ।