भारतद्वारा समृद्ध राष्ट्रहरूलाई पेरिस सम्झौताबमोजिम आर्थिक र प्राविधिक सहयोग विस्तार गर्न आग्रह

अबको पाँच महिनापश्चात् डिसम्बरमा १९७ देशहरूले एतिहासिक पेरिस सम्झौता गरेको पाँच वर्ष पुरा हुन गइरहेको छ। यो सम्झौताको मुख्य उद्देश्य वैश्विक तापक्रमको वृद्धिलाई औद्योगिक कालपूर्वको २ डिग्री सेल्सियसभन्दा कम्तीमा सिमित पार्नु र अन्तत: यो वृद्धिलाई १.५ डिग्री सेल्सियमै समिति बनाउनु हो। यो लक्ष्य हासिल गर्न हरेक हस्तक्षारकर्ता देशले आ-आफ्नै राष्ट्रिय योजना तयार पार्नेछ जसअन्तर्गत उत्सर्जन कम गर्नेजस्ता लक्ष्यहरू निर्धारण गरिनुका साथै ती लक्ष्यहरू प्राप्त गर्ने मार्गहरूका बारेमा जानकारी दिनुपर्नेछ।   

सम्झौताअनुसार समृद्ध र विकसित मुलुकहरूले विकासशील राष्ट्रहरूलाई उनीहरूका जलवायु परिवर्तनसित लड्ने र त्यस अनुकूल बन्ने प्रयासमा आर्थिक र प्राविधिक सहयोग पुऱ्याउनु पर्ने हुन्छ।

पेरिस सम्झौतालाई पुर्ण रूपमा कार्यान्वयन गर्न र वैश्विक जलवायुसम्बन्धी यस संकल्पप्रति राजनीतिक प्रतिबद्धता जारी रहेको देखाउन साथै यसमा प्रगति सुनिश्चित गर्नका लागि छलफल गर्न प्रत्येक वर्ष नै एउटा बैठकको आयोजना गरिन्छ। कोरोनाभाइरस महामारीको मध्यनजर यो वर्षको बैठक अर्थात् चौथो बैठक भर्चुअल प्रारूपमा सम्पन्न गरियो। यसको सह-अध्यक्षता युरोपेली संघ, भारत र क्यानडाले गरेका थिए।

जलवायुसम्बन्धी कारबाहीमाथि सम्पन्न भएको यो चौथो मन्त्रीस्तरको बैठकमा जि२० मुलुकका लगायत ३० मुलुकका मन्त्रीगण र प्रतिनिधिवर्ग साथै राष्ट्र संघमा जलवायु परिवर्तनको वकालत गर्ने अन्य प्रमुख पक्षहरूले भाग लिएका थिए। बैठकमा मुलुकहरूले पेरिस सम्झौताबमोजिम उनीहरूले आर्थिक उद्धारका योजनाहरू कसरी तयार पारिरहेका छन् र जलवायुसम्बन्धी कारबाहीलाई जारी राख्नका लागि के के गर्नुपर्छ भन्ने बारे आफ्ना विचारहरू आदानप्रदान गरे। ग्रीन रिकभरीले बैठकमा छलफलको क्रममा प्रमुख स्थान ओगट्यो।  

भारतको प्रतिनिधित्व केन्द्रीय पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री प्रकाश जावडेकरले गर्नुभएको थियो। भारतले विकसित मुलुकहरूलाई युएनएफसीसीसी र पेरिस सम्झौताअन्तर्गत विकासशील राष्ट्रहरूलाई आर्थिक र प्राविधिक सहयोग विस्तार गर्न आह्वान गऱ्यो। २०२० सम्म एक ट्रिलियन डलर प्रदान गर्ने वाचा पनि पुरा नगरिएको कुरालाई भारतले औँल्यायो। विकासशील मुलुकहरूमा जलवायुसम्बन्धी कारबाहीलाई अझ बलियो पार्न वाचा गरिएको उक्त रकम यो वर्षको अन्तसम्म प्रदान गरिनेछ होला भन्ने आशा भारतले व्यक्त गरेको छ।

भारतले आफ्ना प्रयासहरूबारे जानकारी साझा गऱ्यो र अरूहरूलाई यो सम्झौतामा उनीहरूका हिस्सा जति पर्छ दिन गर्न आग्रह गरेको छ।  भारतले भन्यो उसले २००५ र २०१४ बिच उत्सर्जन मात्रा आफ्नो जीडीपीको २१% जति कम्ती गऱ्यो तसर्थ भारतले स्वच्छैक लक्ष्य २०२० पूर्वमै हासिल गरेको छ।  

मार्च २०१५ देखि मई २०२० सम्म बिजुली उत्पादनमा गैर-जीवाश्म स्रोतहरूको हिस्सा ७.२ प्रतिशत बढेको छ। नवीकरणीय ऊर्जा क्षेत्रमा भारत विश्वको एक अग्रणी मुलुकको रूपमा प्रकट भएको छ तथा यसमाथि अझ बढी लगानी गरिरहेको छ। विगत पाँच वर्षमा भारतको नवीकरणीय ऊर्जाको क्षमता २२६ प्रतिशतले वृद्धि भएको छ।  हाल यो क्षमता ८७ गिगावटभन्दा बढी रहेको छ। मुलुकको लक्ष्य नवीकरणीय ऊर्जा क्षमतालाई बढाएर ४५० गिगावट बनाउनु रहेको छ।

सरकारले मानिसहरूलाई स्वच्छ खाना पकाउने इन्धन र एक स्वास्थ्य परिवेश प्रदान गरेको छ। भारतमा वनको कुल क्षेत्रफल ८,०७,००० स्क्वेर किलोमिटर छ। यो भारतको समग्र भूभागको करिब २५% हिस्सा हो। 

उजाला योजनाअन्तर्गत ३६ करोड एलईडी बल्बहरू वितरण गरिएको छ। यसले गर्दा प्रतिवर्ष ४७ अरब युनिट बिजुलीको बचत भएको छ र प्रतिवर्ष कार्बन डाइअक्साइडमा ३ करोड ८ लाख टन कमी आएको छ। लाभ हस्तान्तरण योजना,  एलपीजी (डीबीटीएल) अन्तर्गत ग्रामीण इलाकाहरूमा ८ करोड एलपीजी कनेक्शनहरू प्रदान गरिएको छ। 

भारतले एक बृहत हरित अग्रसरताको हिस्सा रूपमा कोइलामाथि ४०० रुपियाँ उपकर लगाएको छ। यो उपकरलाई अब वस्तु एवम् सेवा करको दायरामा ल्याइएको छ। 

भारतले स्वच्छ इन्धन उपयोग गर्ने दिशामा गरेका प्रयासहरूलाई पनि रेखाङ्कित गऱ्यो। यो देश १ अप्रिल २०२०मा भारत स्टेज- IV (बीएस-IV) बाट  भारत स्टेज-VI (बीएस-VI) उत्सर्जन सर्तहरूमा प्रवेश गऱ्यो। यसअघि यसलाई २०२४ भित्रमा पुरा अपनाइने लक्ष्य थियो।

भारतले “क्लाइमेट स्मार्ट सिटिज असेसमेन्ट फ्रेमवर्क 2019” सुरु गरेको छ। यो, स्मार्ट सहर मिशनअन्तर्गत यस प्रकारको पहिलो अग्रसरता हो। यसको मुख्य उद्देश्य सहरहरू र सहरी भारतलाई शमन र अनुकूलन उपायहरू अपनाएर जलवायु परिवर्तनसित लड्ने एउटा सही मार्ग प्रदान गर्नु हो।

बैठकमा वैश्विक उद्धार उपायहरूलाई पेरिस सम्झौतासित संयोजन गर्नमाथि साथै भविष्यमा आउने संकष्टहरूसित सुझ्नका लागि लचिलोपन बढाउनमाथि ध्यान केन्द्रित गरियो

आलेख: के भी वेंकटसुब्रमनियन, वरिष्ठ पत्रकार

अनुवाद: प्रणय सुब्बा