अफ्रिकामा चीनको बढ्दो निवेशः चिन्ताजनक निहितार्थ

एसियामा चीन र भारत दुई उदीयमान शक्तिहरू अफ्रिकी महाद्वीपमा अपरिचीत छैनन्। दुइ मुलुकहरुको अफ्रिकाली देशहरूसँग  लामो समयदेखि निर्मित ऐतिहासिक, राजनीतिक र आर्थिक सम्बन्धहरू छन् र हालका वर्षहरूमा उनीहरूको उपस्थिति तीव्र गतिले बढिरहेको छ। अफ्रिकासँग चीन र भारतको बढदो संलग्नता यस्तो समयमा भएको छ जतिबेला अफ्रिकामा व्यापारको वातावरणमा सुधार हुनुका साथै  बजारमा बढोत्तरी भएकोले रुचि बढेको छ।

तर हालैका वर्षहरूमा चीन-अफ्रिकी सम्बन्धले बेल्ट एन्ड रोड इनिसिएटीभ (बीआरआई) अन्तर्गत अफ्रिकाका पूर्वाधार परियोजनाहरूमा चीनले गरेको व्यापक र आक्रामक  निवेशमाथि ध्यान केन्द्रित गरिरहेको छ। यी निवेशहरूको गम्भीर प्रभाव एकल अफ्रिकी देशहरूमा पर्न सक्छ। बीआरआई अन्तर्गत चीन प्राचीन सिल्क रोडलाई पुनरोद्धार गर्न चाहन्छ साथै सडक र समुद्री मार्गहरूको माध्यमले चीनलाई अफ्रिका र युरोपसँग जोड्न चाहन्छ। अमेरिकाको जन्स हप्किन्स विश्वविद्यालयमा  चीन अफ्रीका अनुसन्धान संस्थान (सीएआरआईI)-को रिपोर्ट अनुसार धेरै जसो ठूला पूर्वाधार परियोजनाहरूका लागि चीन सरकार, उसको शीर्ष बैंक र उसका कम्पनीहरूले एकसाथ वर्ष 2000 र 2017-को बीचमा अफ्रिकालाई लगभग 143 अर्ब डलर ऋण प्रदान गरेको थियो। चीनको बीआरआई-सँग सम्बन्धित धेरैजस्तो गतिविधिलाई पूर्वी अफ्रिकी क्षेत्रका तटवर्ती देशहरूमा व्यापार र भौतिक पूर्वाधार विस्तार गरी आफ्नो राजनीतिक प्रभाव बढाउने र आफ्नो व्यापार र ऊर्जा मार्गहरूलाई परिवर्तन गरी आफ्नो सामरिक कमजोडीहरू कम गर्ने प्रयासका रूपमा हेर्न सकिन्छ। यी प्रयासहरूको केन्द्रमा सञ्चारका नयाँ समुद्री मार्गहरू खोल्नु र विश्वभरि चीनको सामरिक बन्दरगाहमा प्रवेशलाई विस्तार गर्नु रहेको छ।

यस परिदृश्यमा पूर्वी अफ्रिकी देशहरू समुद्री सिल्क रोडको मुख्य विन्दुमा विकसित भएका छन् जहाँ  नियोजित र पूर्ण विकसित बन्दरगाहहरू, पाइपलाइन, रेलवे र विद्युत संयन्त्रहरू चीनका कम्पनी र ऋणदाताहरूको सहयोगमा निर्माण भएका छन्। चीनले बीआरआई र समुद्री सिल्क मार्ग परियोजना  अन्तर्गत केन्यालाई एउटा प्रमुख समुद्री धुरीको रूपमा पहिचान गरेको छ र यसका लागि  रेलवे आधुनिकीकरण, केन्यादेखि दक्षिण सुडानसम्म पाइपलाइनको निर्माण, लामु बन्दरगाह र सम्बन्धित पूर्वाधार निर्माणका लागि अर्बौ अमेरिकी डलर निवेश गरिएको छ। यस अतिरिक्त पूर्वी अफ्रिकामा दुई प्रमुख बीआरआई परियोजनाहरू स्थापित गर्न चिनियाँ कम्पनीहरूले अर्बौं डलर खर्च गरेको छ। मोम्बासादेखि नैरोबी र अदीस अबाबा देखि जिबूतीसम्म विद्युतीय रेलमार्ग जोड्ने एउटा मानक गेज रेलवे स्थापित गरिएको छ जहाँ चीनले गहिरो सामरिक जल बन्दरगाहमा आफ्नो पहिलो विदेशी नौसेना केन्द्र बनाएको छ।

विश्व बैंकको एउटा रिपोर्ट अनुसार, बीआरआई अन्तर्गत चिनियाँ परियोजनाहरूले अफ्रिकी देशहरूलाई उनीहरूका पूर्वाधारहरू राम्रो बनाउने आश्वासन दिएकाले  धेरै अफ्रिकी देशहरू ऋण संकटमा परेका छन्।

यस अतिरिक्त कोभिड-१९ महामारीले उप-सहारा अफ्रिकालाई २०२०-मा नकारात्मक माइनस ५.१ प्रतिशतको वृद्धि दरमा धकेलेको छ।

चीनको ऋण वितरणमा पारदर्शिताको अभाव तथा यसका नियम र शर्तहरू तीव्र गतिले चिन्ताको विषय बनेका छन्। यसका साथै, “ऋण-जाल कूटनीति” रणनीति वरपरको बहस शिक्षाविद् र अफ्रिकीवादीहरूमा चलिरहेको छ। उदाहरणका लागि श्रीलङ्का र पाकिस्तान चिनियाँ ऋणको जालमा परेका छन् र दुवैलाई हम्बनटोटा र ग्वादर बन्दरगाह जस्ता सामरिक सम्पत्ति चीनलाई हस्तान्तरण गर्न बाध्य बनाएको छ। यसले स्वाभाविक रूपमा अफ्रिकी देशहरूमा संकटको घण्टीको सङ्केत दिँदछ। अफ्रिकी विश्लेषकहरू अनुसार, चीन ऋण भुक्तानी बारे चिन्तित छैन र कमजोड अफ्रिकी देशहरूलाई सस्तो र अस्थायी ऋण प्रस्ताव दिनमा मात्र उसलाई रूचि छ, जसको बदली चीनले धरौटीको रूपमा आकर्षक राष्ट्रिय सम्पत्ति चाहन्छ । हालै मिडिया रिपोर्टमा उल्लेख गरिएको थियो कि चीनले जाम्बियालाई आर्थिक मद्दत दिएको बदलीमा उसको तामाको खानी धरौटीमा दिने प्रस्ताव दिएको थियो।

अर्कोतर्फ, भारतले अफ्रिकी क्षेत्रलाई आफ्नो विदेश नीति एजेन्डामा ‘शीर्ष प्राथमिकता’ क्षेत्र घोषित गरेको छ। भारत सैन्य सहायता, क्षमता निर्माण र प्रशिक्षण सहायताको माध्यमबाट पूर्वी अफ्रिकामा हिन्द महासागर क्षेत्रका मुलुकहरू सम्ममा पुगेको छ। सन् 2014 देखि भारतले अफ्रिकी देशहरूसँग धेरै प्रकारका द्विपक्षीय र बहुपक्षीय सहयोगको विकास र पुनरूद्धार गरेको छ । भारत सेशेल्स र मरीशस जस्ता साना द्वीप राज्यहरूलाई सहयोग गर्न पनि अगाडि बढेको छ। भारतले ‘मौसम’ र ‘एसिया अफ्रिका ग्रोथ कोरीडोर’ जस्ता दुई परियोजनाहरू लिने योजना बनाएको छ। यी दुइ परियोजनाहरूको उद्देश्य अफ्रिकी देशहरूका साथ सम्बन्ध र  व्यापार सम्बन्धहरूलाई मजबुत बनाउनु हो।

अफ्रिकामा भारतका लागि धेरै सद्भावना छन्। मजबुत विदेश नीतिका उपाय पहलहरू गर्ने र यस क्षेत्रमा कूटनीतिक रूपमा सक्रिय हुने समय आइसकेको छ। भारतलाई अन्तर्राष्ट्रिय मञ्चमा एक प्रमुख वैश्विक नायकको रूपमा  अगाडि आउन अफ्रिका सर्वाधिक महत्त्वपूर्ण छ।

आलेखः प्रोफेसरअपराजिता विश्वास, अफ्रिकी अध्ययन केन्द्र, मुम्बई विश्वविद्यालय

अनुवादक एवम् वाचनः प्रशान्त मोक्तान