२३ देशहरूबाट भारतीय नागरिकहरूलाई फिर्ता ल्याउन वन्दे भारत मिशनको पाँचौ चरण आजदेखि सुरु

 

विदेशमा फसेका भारतीयहरूलाई फिर्ता ल्याउनका लागि वन्दे भारत मिशनको पाँचौ चरण आजदेखि सुरु हुँदैछ। यो चरण ३१ अगस्ट २०२० सम्म जारी रहनेछ।

डीडी न्यूजलाई दिएको एउटा साक्षात्कारमा नागरिक उड्डयन मन्त्री हरदीप पुरीले भन्नुभयो, वन्दे भारत मिशनका विभिन्न चरण अन्तर्गत ८ लाख ४५ हजार भन्दा धेरै भारतीयहरूलाई फिर्ता ल्याइनेछ। उहाँले भन्नुभयो, वन्दे भारत मिशनको पाँचौ चरणमा १२०० उडानहरू जोडिने सम्भावना छ। यो वर्ष ६ मे-देखि ३० जुलाई सम्ममा कुल मिलाएर एयर इण्डिया र एयर इण्डिया एक्सप्रेसले २ लाख ६७ हजार ४३६ र अन्य चार्टर विमानहरूले  ४ लाख ८६ हजार ८११ अलपत्र यात्रीहरूलाई फिर्ता ल्याइसकेका छन्।

परराष्ट्र मन्त्रालयले भनेको छ, वन्दे भारत मिशनको पाँचौ चरणमा २३ देशहरूबाट भारतीयहरूलाई फिर्ता ल्याउनका लागि कुल ७९२ उडानहरू निर्धारित गरिएको छ जसमा ६९२ अन्तर्राष्ट्रिय र १०० घरेलू विमानहरू छन्। विदेशमा फसेका १ लाख ३० हजार भारतीयलाई देश फिर्ता गरिने अनुमान छ।