भारतले कोविड १९ बाट निको हुने हुनेहरूको संख्या १० लाख पार गरेर माइलखुट्टी हासिल गऱ्यो, निको हुने दर ६४.५४ प्रतिशत

 

भारतमा कोविड १९ बाट निको हुनेहरूको संख्या १०.५ लाख पार गरेको छ। पछिल्लो २४ घण्टामा देशमा सबैभन्दा धेरै ३७ हजार २२३ मानिसहरू निको भएका छन्। कुल १० लाख ५७ हजार ८०५ मानिसहरू निको भइसकेका छन् र यसका साथै देशमा निको हुने दरमा ६४.५४ प्रतिशत सुधार भएको छ। कोरोनाभाइरसबाट मृत्यु हुने दर घटेर २.१८ प्रतिशत पुगेको छ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भनेको छ, देशमा एक दिनमा ५५ हजार ७८ नयाँ मामिलाहरू भेटिए र यसका साथै कुल मामिला १६ लाख ३८ हजार ८७० पुगेको छ। हाल देशमा ५ लाख ४५ हजार ३१८ सक्रिय मामिलाहरू छन्। एक दिनमा ७७९ मानिसहरूको मृत्यु भएको छ र यसका साथै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या ३५ हजार ७४७ पुगेको छ।