प्रधान मन्त्री मोदीले आज साँझ स्मार्ट इण्डिया ह्याकाथनलाई सम्बोधित गर्नुहुनेछ

 

प्रधान मन्त्री नरेन्द्र मोदीले आज साढे चार बजे अखिल भारतीय तकनीकी शिक्षा परिषदको स्मार्ट इण्डिया ह्याकाथनलाई सम्बोधित गर्नुहुनेछ। उहाँले यस अवसरमा विद्यार्थीहरूसँग कुराकानी गर्नुहुनेछ। श्री मोदीले यस अवसरमा राष्ट्रिय शिक्षा नीतिमाथि पनि वक्तव्य दिनुहुनेछ।  मानव संसाधन विकास मन्त्री रमेश पोखरियाल निशङ्कले स्मार्ट इण्डिया ह्याकथन-२०२० को ग्रान्ड फिनाले ३ अगस्टमा हुने जानकारी दिनुभएको छ। 

स्मार्ट इण्डिया ह्याकथन विद्यार्थीहरूलाई हामीले हाम्रो दैनिक जीवनमा भोगिरहेका समस्याहरू समाधान गर्ने एउटा मञ्च प्रदान गर्ने एउटा राष्ट्रव्यापी पहल हो। २०१७-मा यसको पहिलो संस्करणमा ४२ हजार विद्यार्थीहरूले भाग लिएका थिए भने २०१८-मा यो संख्या बढेर १ लाख पुग्यो र २०१९-मा यो संख्या २ लाख भएको थियो। स्मार्ट इण्डिया ह्याकथन २०२०-को पहिलो चरणमा ४ लाख ५० हजार  विद्यार्थीहरूले भाग लिएका थिए।            
ग्रान्ड फिनालेको आयोजना देशभरि सबै सहभागिहरूलाई विशेषरूपले निर्मित उन्नत मञ्चमा एकसाथ जोडेर अनलाइन गरिनेछ। दस हजार भन्दा धेरै विद्यार्थीहरूले ३७ केन्द्र सरकारका विभागहरू, १७ राज्य सरकारका विभागहरू र २० उद्योगहरूका २४३ समस्या बयानहरूको समाधान गर्न प्रतिस्पर्धा गर्नेछन्।