प्रधान मन्त्रीद्वारा कृषि पूर्वाधार कोष अन्तर्गत १ लाख करोड रुपियाँको वित्तीय सुविधाको शुभारम्भ

प्रधान मन्त्री नरेन्द्र मोदीले कृषि उद्यमीहरू, स्टार्ट अप, कृषि प्रौद्योगिकी र बाली कटाई परवर्ती प्रबन्धन तथा कृषि परिसम्पत्ति पोषणसँग सम्बन्धित किसान समूहका लागि कृषि पूर्वाधार कोष अन्तर्गत एक लाख करोड रुपियाँको वित्तीय सुविधाको सुरुआत गर्नुभएको छ। यस अवसरमा श्री मोदीले भन्नुभयो, १ हजार करोड रूपियाँ भन्दा धेरैको पहिलो किश्त २,२८० किसान समूहहरूका लागि उपलब्ध गराइनेछ। भिडियो कन्फ्रेन्सको माध्यमले आयोजित यस कार्यक्रममा लाखौँ किसानहरूले भाग लिएका थिए।

श्री मोदीले प्रधान मन्त्री किसान सम्मान नीधि (पीएम-किसान) योजना अन्तर्गत ८.५ करोड भन्दा धेरै किसान लाभार्थीहरूलाई १७ हजार करोड रुपियाँको छैठौँ किश्त पनि जारी गर्नुभयो। यस अवसरमा प्रधान मन्त्रीले भन्नुभयो, यो कोषले किसानहरूलाई ऋण वित्तपोषणको सुविधा पनि प्रदान गर्नेछ। उहाँले भन्नुभयो, बाली प्रबन्धन पछि पूर्वाधार र सामुदायिक खेती सम्पत्तिका लागि यो कोषले एउटा उत्प्रेरकको रूपमा कार्य गर्नेछ।  पीएम-किसान योजनाको माध्यमले किसानहरूलाई आत्मनिर्भर बनाउने उद्देश्य पूरा हुनेछ।