प्रधान मन्त्री नरेन्द्र मोदीले आज  पोर्ट ब्लेयर र चेन्नईलाई जोडने सबमरीन अप्टिकल फाइबर केबलको उद्घाटन गर्नुहुने

प्रधान मन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फ्रेन्सिङ्ग मार्फत पोर्ट ब्लेयर र चेन्नईलाई जोडने सबमरीन अप्टिकल फाइबर केबलको उद्घाटन गर्नुहुनेछ र राष्ट्रलाई समर्पित गर्नुहुनेछ । प्रधान मन्त्री नरेन्द्र मोदीले ३० डिसेम्बर २०१८-मा पोर्ट ब्लेयरमा यस परियोजनाको आधारशीला राख्नुभएको थियो। सबमरीन केबलले पोर्ट ब्लेयरलाई स्वराज द्वीप, लिटिल अण्डमान, कार निकोबार, कामोरता, ग्रेट निकोबार, लङ्ग आइल्याण्ड र रंगतसँग पनि जोडनेछ।
 यस अप्टिकल फाइबर केबलले  अण्डमान-निकोबर द्वीप समूहमा  तेजीले र धेरै भरपर्दो मोबाइल र ल्याण्डलाइन दूर-सञ्चार सेवाहरू उपलब्ध गराउँनेछ। 

उन्नत दूरसञ्चार र ब्रडब्यान्ड कनेक्टिभिटीले द्वीपहरूमा पर्यटन र रोजगार सृजनालाई बढुवा प्राप्त हुनेछ र अर्थव्यवस्थालाई गति प्रदान गर्नेछ र जीवन स्तर राम्रो हुनेछ। राम्रो कनेक्टिभिटीले टेलीमेडिसिन र टेली- एजुकेशन  जस्ता ई-गभर्नेन्स सेवाहरूको आपूर्ति पनि सजिलो हुनेछ।

 ई-कमर्समा अवसरहरूबाट साना उद्यमहरूलाई फाइदा हुनेछ र शैक्षिक संस्थानहरूले सिक्ने र ज्ञान साझा गर्नका लागि ब्यान्डविड्थको उपलब्धताको उपयोग गर्नेछन्। सबमरीन अप्टिकल फाइबल केबल सम्पर्कको उद्घाटन हुनसाथै यसले प्रति सेकेण्ड 2×200 गीगाबिट्सको ब्यान्डविड्थ, चेन्नई र पोर्टब्लेयरबीच जीबीपीएस तथा पोर्टब्लेयर र अन्य द्वीपहरूबीच 2×100 जीबीपीएस प्रदान गर्नेछ।