देशले एक दिनमा कोरोनाभाइरसका ७ लाख भन्दा धेरै नमूनाहरूको परीक्षण गरी उल्लेखनीय उपलब्धि हासिल गरेको छ

भारतले एक दिनमा कोरोनाभाइरसका ७ लाख भन्दा धेरै नमूनाहरूको परीक्षणको गरी उल्लेखनीय उपलब्धि हासिल गरेको छ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले भनेको छ, पछिल्ला केही दिनदेखि लगातार एक दिनमा ६ लाख भन्दा धेरै परीक्षण गर्ने सिलसिला जारी राख्दै यो उपलब्धि प्राप्त गरेको छ। मन्त्रालयले भनेको छ, राज्यहरूलाई संक्रमित व्यक्तिहरूको व्यापक रूपमा पत्ता लगाउन, उनीहरूलाई तत्काल अन्यहरूबाट अलग राख्न र उनीहरूलाई राम्रो उपचारको व्यवस्था गर्न भनिएको छ। पछिल्लो साता यस्ता राज्यहरूका साथ कैयौँ बैठकहरू गरिए जहाँ कोविड-१९ महामारीको कारणले मृत्यु दर अधिक छ।
भारतमा कोविड-१९ बाट साढे १० लाख रोगीहरू निको भएका छन्।  

स्वास्थ्य मन्त्रालयले भनेको छ, लगातार परीक्षण गर्ने, संक्रमित व्यक्तिहरू पत्तो लगाउने र उपचारको राम्रो व्यवस्था गर्ने नीति अपनाइएकोले १५ लाख भन्दा धेरै  रोगीहरू निको भएका छन्। मन्त्रालयले अझ भनेको छ, राम्रो एम्बुलेन्स सेवा र मानक हरेचाहमा ध्यान दिइएकोले तथा अक्सीजनको उचित व्यवस्थापनले राम्रो परिणाम दिएको हो। हाल पनि १० राज्यहरूमा कोविड १९-बाट धेरै सङ्क्रमित छन् जहाँ नयाँ मामिलाहरू भेटिने क्रम जारी छ।