केन्द्रीय मन्त्री प्रकाश जावडेकरद्वारा विश्व हात्ती दिवसको अवसरमा मानव र हात्ती बिचमा हुने तनावमाथि एउटा पोर्टलको शुभारम्भ

पर्यावरण तथा वन मन्त्री प्रकाश जावडेकरले सोमबार विश्व हात्ती दिवस, २०२० को पूर्वसंध्यामा असल अभ्यासहरूको सम्बन्धमा एउटा दस्तावेज जारी गर्नुभयो साथै मानव र हात्तीको बिचमा हुने तनावमाथि एउटा पोर्टलको शुभारम्भ गर्नुभयो।   

यस अवसरमा बोल्नुहुँदै श्री जावडेकरले भन्नुभयो मानव र जनावर बिचको बढ्दो तनाव कम गर्न जङ्गलमा जनावरहरूलाई भोजन र जल प्रदान गर्ने काम जोडतोडले भइरहेको छ।  

उहाँले भन्नुभयो भारत हात्ती र अरू जनावरहरूको संरक्षणका लागि प्रतिबद्ध छ तथा मनाव र जनावर बिचको तनाव अन्त्य गर्ने बलियो, व्यवहारिक तथा कम खर्चालु समाधान खोज्ने दिशामा काम गरिरहेको छ।