प्रधान मन्त्रीले सिमाना क्षेत्रहरू र द्वीप राज्यहरूको तीव्र विकासप्रति सरकार प्रतिबद्ध रहेको दोहोऱ्याउनुभयो

प्रधान मन्त्री नरेन्द्र मोदीले हिजो चेन्नई र अण्डमान तथा निकोबर द्वीपबिच २३०० किलोमिटर लामो सबमरिन ओपटिकल फाइबर केबल नेटवर्कको उद्घाटन गर्नुभयो। श्री मोदीले भन्नुभयो यो परियोजना जीवनलाई सहज पार्ने केन्द्र सरकारको प्रतिबद्धताको प्रतीक हो। 

यो परियोजनाले यस द्वीपमा पर्यटनलाई बढुवा दिनेछ भन्नुहुँदै प्रधान मन्त्रीले निर्धारित म्यादभन्दा अगावै परियोजना पुरा भएकोमा खुशी व्यक्त गर्नुभयो। श्री मोदीले भन्नुभयो अण्डमान तथा निकोबर द्वीपका मानिसहरूको निम्ति स्वधीनता दिवसको उपहार हो।

प्रधान मन्त्रीले भन्नुभयो यसले अण्डमानका मानिसहरूलाई ठुलो सहायता पुऱ्याउनका साथै समुद्री व्यापारलाई ह्वात्तै बढाउनमा मदत पनि गर्नेछ। श्री मोदीले भन्नुभयो अण्डमान र निकोबर द्वीपमा हाई स्पीड नेट एउटा निकै ठुलै उपलब्धि हो किनभने मानिसहरूले अब डिजिटल भारतका लाभ उठाउन सक्नेछन्। 

कनेक्टिभिटीलाई पर्यटन विकासको हिस्सा बताउँदै प्रधान मन्त्रीले द्वीपमा यात्रा गर्ने पर्यटकहरूमाथि बल दिनुभयो किनभने ती पर्यटकहरूले पनि अब डिजिटल पहलका लाभ उठाउन पाउनेछन्।