मुलुकमा कोभिड-१९ बाट निको हुने दर लगभग ७० प्रतिशत पुग्यो; हालसम्म १५ लाख ३५ हजार मानिसहरू निको भए

भारतमा कोभिड-१९बाट निको हुने दर २२ लाख पार भएको छ जसमा ६२,०६४ संक्रमणका नयाँ मामिला सामुन्ने आएका छन्। स्वास्थ्य मन्त्रालयले भनेअनुसार थप १,००७ जनाको मृत्यु भएपछि मृत्युको कुल संख्या ४४,३८६ पुगेको छ। विगत २४ घण्टामा थप ५४,८५९ जना निको भएपछि निको हुनेहरूको संख्या १५,३५,७४३ पुगेको छ। 

यसका साथै मुलुकमा निको हुने दर ६९.३३ प्रतिशत भएको छ। मृत्यु दर २ प्रतिशत भएको छ। संक्रमणको कुल संख्या २२,१५,०७४ पुगेको छ जसमा ४४,३८६ मृत्यु भएको छ। हाल ६,३४,९४५ सक्रिय मामिला छन्।