पाकिस्तानको एनएसए-ले काल्पनिक मानचित्र लगाएपछि भारत रसियामा शङ्घाई सहयोग संगठनको एनएसए बैठकबाट बाहिरियो

भारतले पाकिस्तानको एनएसए-ले हालै शङ्गाई सहयोग संगठनका सदस्य देशहरूको राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठकमा जानीबुझी भारतको एउटा काल्पनिक मानचित्र लगाएर भ्रामक प्रचार गरेको बताएको छ।

मगङ्लवार शङ्घाई सहयोग संगठन,एससीओ-का सदस्य देशका राष्ट्रिय सुरक्षा सल्लाहकार, एनएसए-को बैठकबारे सोधिएको प्रश्नको जवाफमा परराष्ट्र मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले  भन्नुभयो, यो कारबाई आयोजक रसियाद्वारा जारी परामर्शको अवहेलना र बैठकको मानदण्डको उल्लङ्घन थियो। उहाँले भन्नुभयो, भारतीय पक्ष आयोजक रसियाका साथ विचार-विमर्श पछि यस घटनाको विरोधमा बैठकबाट बाहिरियो। श्रीवास्तवले भन्नुभयो, पाकिस्तानले यस घटनाको बारेमा भ्रामक प्रचार गर्ने अनुमान गरिएको थियो।

सूत्रकाअनुसार पाकिस्तानद्वारा यस अवैध मानचित्रको प्रयोग गरिएकोमा भारतले कडा आपत्ति जनाएको छ। बैठकको अध्यक्षको हैसियतमा रसियाले पाकिस्तानलाई यस्तो नगर्न कडा चेतावनी दिएको छ।