एस जयशङ्करले अफगानिस्तानमा अमेरिकाका विशेष दूत जलमी खलीलजादसँग कुराकानी गर्नुभयो

अफगानिस्तानमा अमेरिकाका विशेष दूत जलमी खलीलजादले मङ्गलवार भारत भ्रमण गर्नुभयो। उहाँले परराष्ट्र मन्त्री ड.एस जयशङ्करसँग भेट गर्नुभयो। यस अवसरमा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव हर्ष वर्धन श्रृंगला पनि उपस्थित हुनुहुन्थ्यो। श्री खलीलजाद यो वर्ष ७ मे-मा पनि भारत भ्रमणमा आउनुभएको थियो। गत वर्ष जनवरीयता यो उहाँको पाँचौँ भारत भ्रमण थियो।

सूत्रका अनुसार श्री खलीलजादले १२ सेप्टेम्बरमा दोहामा आयोजित अन्तर-अफगान संवादमा भारतको सहभागिताको प्रशंसा गर्नुभयो। उहाँले अन्तर-अफगान संवादको अमेरिकी मूल्याङ्कनबारे बताउनुभयो र अफगान शान्ति प्रक्रियामा अमेरिकी धारणा साझा गर्नुभयो।
दुइ पक्षले अफगान शान्ति प्रक्रियालाई अगाडि बढाउन भावी पाइलाहरू  साथै भारत र अमेरिकाबीच सम्भावित सहयोगबारे छलफल गरे। दुइ नेताहरूले अफगानिस्तान सम्बन्धमा क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगलाई कसरी प्रोत्साहित गर्ने भन्ने बारेमा पनि छलफल गर्नुभयो।